- संगालोखबर सम्बाददाता

काठमाडौं । मोरङको पथरीकी सज्जा चौलागाईंले नेपाल आइडल सिजन–३ को उपाधि जितेकी छन् । शुक्रबार साँझ नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि चुमेकी हुन् ।

Advertisement

यता, आईडलको फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जितेका छन् । दर्शकको भोट र निर्णायकको मूल्यांकनका आधारमा बिजेता छनौट गरिएको हो । उपाधिसँगै सज्जाले ५० लाख नगद पुरस्कार पाईन् भने फस्ट रनरअप बेडुवालले १५ लाख र सेकेन्ड रनरअप भुजेलले पाँच लाख पाएका छन् ।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार रियालिटी सो नेपाल आइडल प्रशारण हुँदै आएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!