काठमाडौं । नेपाली सेनाको बिमान चार्टर गरेबापत राजनीतिक व्यक्ति र संस्थाले गरी सेनालाई तिर्नुपर्ने रकम बिगत ३५ बर्षदेखि बाँकी रहेको पाईएको छ । सेनाको बिमान उधारोमै भाडामा लिएर भाडाबापतको रकम नतिर्नेमा उच्च राजनीतिक व्यक्तिदेखि बिभिन्न संस्थासम्म छन् ।

उच्च राजनीतिक व्यक्तिले प्राकृतिक प्रकोपका घटनाको भ्रमणमा पटक–पटक बिमान लगेका छन् भने संघसस्थाले सामान ओसारप्रसारका लागि बिमान प्रयोग गरेका छन् । सैनिक स्रोतका अनुसार राजनीतिक तहका व्यक्ति र संस्थाबाट गरी सेनाले चार्टर उडानवापतको १ करोड २७ लाख १ हजार रुपैया उठाउँन बाँकी छ ।

Advertisement

सेनाले ती व्यक्ति र सस्थाको नाम भने खुलाएको छैन् । – महेश्वर गौतमले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!