उदयपुरमा पुस्तक नपाउँदा पठनपाठन प्रभावित
गाईघाट (उदयपुर) । नयाँ शैक्षिकसत्र सुरु भएको महिना बित्न लाग्दा पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले अहिलेसम्म पनि पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा उनीहरुको पठनपाठन प्रभावित भएको छ ।
जिल्लामा रहेका झन्डै ४५० सरकारी विद्यालयमध्ये निम्ममाध्यमिक तहका विद्यार्थीले एक दुई विषयबाहेक अन्य पुस्तक अहिले पनि प्राप्त गर्न नसकेको सम्बन्धित विद्यालयका विद्यार्थीहरु बताउँछन् ।
यस्तै माध्यमिक तह...
