नैरोवी (केन्या) । तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ भने घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन् ।

“हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ” –लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताउनुभयो ।

Advertisement

मृतकमध्ये १२ जना बालक र १७ बालिका रहेका छन् । बस सडकबाट चिप्लिएर कराटु जिल्लाको मरेरा नदीको खोचमा खसेपछि यसमा यात्रारत सबैजनाको मृत्यु भएको हो । रासस÷एएफपी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!