सिन्धुली। सिन्धुलीको तीनपाटन गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तिनपाटन गाउँपालिका– २ निवासी ४७ वर्षीय खड्गप्रसाद श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।

Advertisement

तीनपाटनकै बेलघारीमा कुखुरा लिन जाने क्रममा चदाहा खोलामा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलघारीका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र झाले जानकारी दिनुभयो ।

पैदल हिँड्ने क्रममा श्रेष्ठले अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो । प्रहरीकाअनुसार हावाहुरीका कारण बिजुलीको तार भुइँमा लत्रेको र त्यही नाङ्गो तारमा छुँदा श्रेष्ठको मृत्यु भएको हो ।

यता नेपाल विद्युत् प्राधिकरणले ग्रामीण क्षेत्रमा वितरण गरेको विद्युतिकरण जोखिम बन्दै गएको छ । स्थानीय पोलको प्रयोग, विद्युत् पोलको समयमा नै मर्मत नगर्दा ग्रामीण विद्युतिकरण जोखिम बन्दै गएको छ । सिन्धुलीका ग्रामीण क्षेत्रमा वितरण गरिएका अधिकांश स्थानमा प्राधिकरणले लापरबाही तवरले विद्युत् विस्तार गरेको छ ।

स्थानीयवासीले विद्युत् पोल मर्मत गर्न प्राधिकरणलाई जानकारी गराउँदा समेत प्राधिकरणले बेवास्ता गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!