गौशाला । महोत्तरी जिल्लाको दक्षिणपश्चिम सीमानाकामा अवस्थित आधा दर्जन गाउँमा एक्कैसाथ एक सय भन्दा बढी निलगाई फेला परेको छ ।

Advertisement

स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई एकसय भन्दा बढीको सङ्ख्यामा देखिएका छन् ।

यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलोरङ्गको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ती जनावरलाई हेर्नका लागि वनमा ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताउनुभयो ।

एकसय भन्दा बढीको सङ्ख्यामा रहेको निलगाई त्यस क्षेत्रका वनमा लगाइएको तरकारी बालीमा हुलका हुल गरेर सबै तरकारी खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको मनराका रामदिनेश चौधरीले बताउनुभयो ।

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वनको सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउनका लागि जाने मानिसहरुलाई देख्ने बित्तिक्कै भाग्ने गरेको छ ।

दुई÷चार दिनदेखि त्यसक्षेत्रका मनरा, भोलही, पोखरभिन्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको सम्सीका विजय साहले बताउनुभयो ।

गर्मीयाम आउने वित्तिकै जिल्लाको माथिल्लो भागमा रहेको वन जङ्गलमा डढेलो, चोरी सिकारी जस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!