काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नयाँ शक्ति र फोरमको मोटरसाइकल र्‍याली रोकेका छन् ।शनिबार अनुगमनमा निस्किएका यादवले ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरित मोटरसाइकल र्‍याली निकालिएको भेटाएपछि तत्काल रोकेका हुन् । त्यहाँ दुबै दलले जनक थापालाई मेयरको उम्मेदवार बनाएका छन् ।

Advertisement

निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई निर्वाचन आचारसंहिता उल्लंघनमा २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसूरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ”निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको र्‍याली गर्न वा गराउन नहुने’ उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!