काठमाडौं । संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ ।

Advertisement

मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ ।

संघीय फोरम स्थानीय चुनावमा गएपछि कारबाही गरिएको नेताहरुले बताएका छन् । मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हाउने निर्णय गरिएको छ ।’

चुनावमा फोरमको सहभागितासँगै राजपा नेपालका नेताहरुले मधेसी मोर्चाको औचित्य सकिएको टिप्पणी गर्न थालेका थिए ।

तर, संघीय समाजवादी फोरमले भने संविधान संशोधन गर्ने सरकारी प्रतिवद्धता अनुसार आफूहरु चुनावमा गएको बताएको छ । र, फोरम अध्यक्ष यादवले अझै मधेसी मोर्चाको औचित्य समाप्त नभएको बताउने गरेका छन् ।

संघीय गठवन्धनमा अब संघीय समाजवादी फोरम नेपाल नरहने समेत नेताहरुले बताएका छन् ।

राजपा नेपालको कार्यालयमा बसेको बैठकले महन्थ ठाकुरलाई नयाँ अध्यक्ष चयन गरेको छ । गठवन्धनले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा पुर्‍याउन र संघर्षका कार्यक्रम अगाडि बढाउने नेताहरुले बताएका छन् ।

साथै तत्काल संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उसको चेतावनी छ ।
मधेसी मोर्चामा आवद्ध ६ दलले मिलेर हालै मात्र राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो । तर, राजपा नेपाल पहिलो चरणको चुनावमा सहभागी छैन ।

संघीय समाजवादी फोरमले नयाँ शक्तिसँग गठवन्धन गरेको छ र उम्मेदवारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!