- रासस

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल सबैको साझा भएको बताउनुभएको छ । एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्याक्रममा उहाँले एमाले देशभक्त र राष्ट्रियताका पक्षमा सधैँ अडिग र लोकतन्त्रको पक्षधर पार्टी भएकोे जिकिर गर्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले स्थानीय निर्वाचनमा राप्रपासँग तालमेल गर्नाको कारण स्थानीय आवश्यकता र राष्ट्रिय विषय हो भन्दै उहाँले यो देश बनाउनका लागि गरिएको तालमेल भएको बताउनुभयो ।

स्थानीय तहको चुनावमा काठमाडौं र ललितपुर महानगरमा राप्रपासँग गरिएको चुनावी तालमेल पार्टीलाई अझै बलियो बनाउन र देशलाई जिताउन गरिएको ओलीको भनाइ थियो ।

पार्टी प्रवेश

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता प्रा डा मुकुन्द गजुरेलसहितको समूह नेकपा एमालेमा प्रवेश गरेको छ । त्यस्तै नेकपा (माले) का वैकल्पिक पोलिटब्युरो सदस्य कपिल पोखरेल एक सय २५ सहित एमालेमा प्रवेश गर्नुभएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका र यहाँका अन्य नगरपालिकाका उम्मेदवारको सामूहिक परिचयात्मक कार्यक्रम आज सम्पन्न भएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको र अध्यक्ष ओली एवं शीर्ष नेतासहित सहभागी सो कार्यक्रममा महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य, उपप्रमुखका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!