मनिला (फिलिपिन्स) । फिलिपिन्सको राजधानी मनिलामा भएका दुई विस्फोटमा परी कम्तीमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार मनिलाको क्वियाप्पो क्षेत्रमा स्थानीय समयअनुसार साँझ ५ बजेर ५० मिनेट जाँदा पहिलो विस्फोट भएको थियो भने सोही ठाउँमा ८ बजेर ३० मिनेट जाँदा अर्को विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ । दुवै घटनामा चारजना अन्य घाइते भएका छन् ।

Advertisement

प्रहरीले विस्फोटक पदार्थको प्रकृतिबारे अनुसन्धान सुरु गरेको छ । घटनाको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

फिलिपिन्सले दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसिएन) सम्मेलनको आयोजना गरिरहेका बेला गतहप्ताको शुक्रबार पनि एक विस्फोट गराइएको थियो । उक्त घटनामा १४ जना घाइते भएका थिए ।रासस÷सिन्ह्वा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!