- ज्यो.प.तुलसी भारद्वाज निरौला

साताको राशिफल

मेष राशि – नयाँ र महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । आकस्मिक धनलाभहुन सक्छ, प्रयास गर्नुहोला । आफन्तसँगको भेटघाटमा रमाइने साता छ । प्रेम प्रसंगले सुख दिलाउनेछ । अध्ययनमा मनजानेछ । खर्च गर्दा काम बेकाम यादगर्नु पर्ने साता छ । व्यवसाय वृद्धि हुनेछ । कार्य क्षमतामा पनि वृद्धि हुनेछ । प्रशंसा पाइने साता छ ।

Advertisement

बृष राशि – पारिवारिक सुख बढ्ने साता छ । बौद्घिकक्षमतामा बृद्घि हुनेछ । नयाँकामको अवसर आउनसक्छ । खेलकुदको बढ्दो रुचिले प्रगति हुनेछ । वैदेशिक रोजगारीको काममा सफलता मिल्नेछ । प्रेमका कुरामा परिवारको समर्थन जुट्नेछ । जाँगर बढ्नाले काम फटाफट् बन्नेछन् । यो साता नयाँ निर्णय गर्दा सावधान रहनु होला । नयाँ आर्थिक स्रोत पत्तालाग्ने साता छ ।

मिथुन राशि – वैदेशिक काममा अवरोध आउन सक्छ । खेलकुदमा कडा प्रतिस्पर्धा भए पनि जीतको सम्भावना अधिक छ । घरमा खुशियाली बढ्ने साता छ । साथीभाइमा विवाद हुन सक्छ । स्वस्थ्यमा समस्या देखिन सक्छ सावधान रहनु होला । मायालुका प्रेरणाका कुराले मनमा उत्साह थप्नेछ । समयप्रति सजक रहनु होला । यात्रामा सामान्य अवरोध हुने देखिन्छ । आम्दानी रामै्र हुनेछ ।

कर्कट राशि – भोजको कार्यक्रममा सहभागी भइनेछ । काममा साथीभाइको सक्दो सहयोग पाइनेछ । आफन्त मिलनको योग छ । यात्रा खर्चिलो रहला । काम बिगार्न चाहनेहरु कमजोर रहनेछन् । मायामा फाटो हुन सक्छ, वादविवाद नगर्नु होला । आकस्मिक कमाइले मन खुशी रहला । लामो समय अल्झेको काम बन्ने साताछ । नयाँकामको अवसर मिल्न सक्छ ।

सिंह राशि – काममा सफलता मिल्ने साता छ । व्यापारबाट पनि लाभ हुनेछ । परिवारमा सुखद समाचार आउने छ । नोकरीमा सुविधा बढ्ने सम्भावना छ । पढाइ लेखाइमा मन कमजाला । धर्मकर्ममा मन जानेछ । आम्दानीका स्रोत बढ्नेछन् । फँसेको धनफिर्ता हुने सम्भावना छ, प्रयास गर्नु होला । आफन्तसँगको भेटघाटले रमाइलो बनाउने छ । मायामा रमाउन पाइनेछ ।

कन्या राशि – मान सम्मान पाइने साताछ । काममा समय अपुग हुन सक्छ विचार गर्दै अगि बढ्नुहोला । मायाका लागि राम्रो साता छ । नयाँ ठाउँको यात्रा हुनेछ । सामाजिक काममा मन जानेछ । नोकरीमा सामान्य विवाद हुन सक्छ, सावधान रहनु होला । वैदेशिक रोजगारको कामबन्नेछ । पढाइ लेखाइमा रुचि बढ्ने साताछ ।

तुला राशि – यो सातागलत व्यक्तिको सङ्गतहुन सक्छ । प्रेम प्रसंगमा आकर्षण बढ्ने साता छ । आइतबारबाट रोकिएका काम बन्नेछन् । आकस्मिक धन लाभ हुनेछ । व्यवसाय राम्रो हुनाले मन रमाउनेछ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ । सवारी साधनको प्रयोगमा सावधान रहनु पर्ने साता छ । पारिवारिक सुखको अनुभुति हुने साताछ । साताको अन्त्यमा कार्य क्षमतामा वृद्धि हुनेछ ।

बृश्चिक राशि – सहयोगीको साथले कामबन्ने साता छ । व्यवसायमा शुभ संकेतहरु देखिनेछन् । अधुरा काम पूरा हुनुका साथै नयाँ कामका अवसर पनि प्राप्त हुनेछन् । यात्राले नयाँ कुरा सिकाउनेछ । स्वास्थ्यमा भने अवरोध हुने सम्भावना छ । विरोधीहरु सक्रिय रहलान् सावधान रहनु होला । प्रेम प्रसंगका कुरामा साता स्मरण योग्य रहनेछ । प्रियजन तथा आफन्तसँग भेटघाट हुनेछ ।

धनु राशि–अधिक भन्दा अधिक काममा ध्यानदिँदा उचित हुने साता छ । खानपानका कारण पेटमा गड्बड्हुन सक्छ । व्यापार व्यवसाय फस्टाउनेछ । छोटोयात्राले मन खुशि बनाउनेछ । प्रेममा सुखको अनुभवहुने साताछ । पढाइलेखाइमा मन लगाउन कठिन पर्ला । आफ्नो कामबाट सन्तोष मिल्ने साताछ । आर्थिक कुरामा सजक रहनु होला । वैदेशिक भ्रमण हुन सक्छ ।

मकर राशि – रमाइलो स्थानको यात्राहुने साता छ । वादविवादगर्नबाट बच्नु होला । साथीभाइले आर्थिक कारोबारमा फँसाउन सक्छन् । प्रयत्न अनुसार काममा सफलता मिल्नेछ । गोपनीय रहनु लाभदायक साता छ । काममा नयाँ सोचको विकासहुनेछ । दूर्घटना हुनबाट बच्न सवारी साधनको प्रयोगमा सावधान रहनु होला । मायालुको साथहप्ता भरी नै रहनेछ ।

कुम्भ राशि – खानपानमा विशेष सचेत रहनु पर्ने साता छ । मनमा नयाँ कामका अनेक कुरा खेल्नेछन् । प्रेम प्रसंग रमाइलो रहनेछ । यात्रामा चञ्चल मानसिकता हानिकारक हुन सक्छ । मनोरञ्जनका कुरामा खर्च हुने साताछ । लामो समयपछि आत्मीयमित्रसंग भेटघाट हुनेछ । लगानीका नयाँ बाटाहरु दिमागमा खुल्नेछन् । विद्यामा प्रगति हुनेछ ।

मीन राशि – रमाइलो वातावरणमा कामहरु बन्नेछन् । कामले जाँगर पनि बढाउनेछ । आकस्मिक रुपमा आयआर्जन हुने देखिन्छ । खेलकुदमाप्रगतिहुनेछ । नोकरीमा स्थान परिवर्तन हुन सक्छ, पदोन्नतिको पनि कुरा चल्नेछ । घरायसी सुख मिल्ने साता छ । यात्राका क्रममा सरसामान हराउन सक्छ सावधान रहनु होला । प्रेम प्रसंगमा रहेको मनमुटाब हटेर जाने साता छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!