काठमाडौं । लुक्लामा हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा  ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर फोर्स ल्याण्डिङ गरिएको हो ।

 क्याप्टेन निश्चित केसीका अनुसार फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति भएको छ । कुनै मानवीय क्षति भने भएको छैन ।

‘तेल बुममा क्र्याक आएको छ, अब मर्मत नगरी उडाउन मिल्दैन,’ केसीले भने । यो हेलिकोप्टर स्वीस पाइलट ग्रेगर वियरले उडाएका थिए । हेलिकोप्टरमा ३ जना सवार थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!