बैतडी । जिप दुर्घटना हुँदा बैतडीमा सातजना घाइते भएका छन् । देहिमाडाँबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नंको जिप गएराति ९ बजे दशरथचन्द नगरपालिका–९ को पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

कच्ची बाटामो पानी परेको र चिप्लो भएकाले चिप्लिएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

घाइते हुनेमा बैतडी पञ्चेश्वर–५ का २१ वर्षीय प्रकाश भण्डारी, ३६ वर्षीया कलावती चन्द, १५ वर्षीय कमलेश महतर, पञ्चेश्वर–६ का ८३ वर्षीय श्रीकृष्ण भण्डारी, १६ वर्षीय नरेश भट्ट, मेलौली–५ का ६५ वर्षीया भागिरथी चन्द तथा ३५ वर्षीय शेर चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । घाइते सबैको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!