Advertisement

काठमाडौं । हिजो मात्रै २ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ सय रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला ५४ हजारमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य आज पनि यथावत नै छ । तीन दिनदेखि यथावत रहेको चाँदी आज पनि प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!