रबिन कटेल/संगालोखबर

धनकुटा, १९ असार । स्थानीय तह निर्वाचनमा बिजयी भएका धनकुटाका सातवटै स्थानीय तहका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी पदभार संहालेका छन । धनकुटाका तीन नगरपालिकामा निर्वाचित प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सदस्यहरुले सोमवार सपथ लिएका छन ।
त्यस्तै चार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले पनि सफत ग्रहण गरी कार्यभार संहालेका हुन । यसैवीच धनकुटा नगरपालिकामा निर्वाचित मेयर चिन्तन तामाङ्ग, उप–मेयर शकुन्तला बस्नेतसहित १० वटै वडाध्यक्ष र ३९ सदस्य गरी ५१ जनाले सपथ लिएर पदभार ग्रहण गरेका छन ।

मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले मेयर र उपमेयरलाई सफथ ग्रहण गराएका हुन । ३९ जना सदस्यहरुलाई भने मेयर चिन्तन तामाङ्गले सफत खुवाए । पदभार ग्रहण गर्दै मेयर तामाङ्गले तीन महिनाभित्र सवै वडा कार्यालय स्थापना गरी जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउँने प्रतिवद्धता जनाएका छन ।

Advertisement
पदभार ग्रहण गर्दै धनकुटा नगरका मेयर चिन्तन तामाङ्ग । तस्वीरः रबिन कटेल/संगालोखबर

पाख्रीवास र महालक्ष्मी नगरपालिकासहित खाल्सा छिन्ताङ्ग सहिदभूमी, छथर जोरपाटी, साँघुरीगढी र चौबिसे गाउँपालिकामा पनि नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरी कर्यभार संहालेका छन । महालक्ष्मी नगर प्रमुख पर्शुराम नेपालले पदभार ग्रहण गर्दै दुई महिनाभित्र नौ वटै वडाको कार्यालय स्थापना गरी महालक्ष्मी नगरबासीलाई चुस्त दुरुस्त रुपमा सेवा उपलब्ध गराउँने प्रतिवद्धता जनाएका छन ।

यसैवीच धनकुटाका सातवटै स्थानीय तहमा नेकपा एमाले बिजयी भएपछि सोमवार पत्रकार सम्मेलन गरी जिल्ला अध्यक्ष राजेन्द्र राईले मतदातालाई धन्यवाद दिएका छन । जनताको पक्षमा कामगर्ने पार्टी भएकाले जनताले धनकुटाको पहिलो र शक्तिशाली पार्टीको रुपमा फेरि पनि स्थापित गरेको अध्यक्ष राईको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!