संगालोखबर सम्वाददाता

महालक्ष्मी (धनकुटा) । धनकुटाको महालक्ष्मी नगरपालिकाका नव निर्वाचित मेयर पर्शुराम नेपालले सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै दुई महिना भित्र सवै वडा कार्यालय स्थापना गर्ने निर्णय गरेका छन ।

पदभार ग्रहण गर्दै महालक्ष्मी नगरका नव निर्वाचित मेयर पर्शुराम नेपाल ।

उनले दुई महिना भित्र महालक्ष्मी नगरपालिकाका नौ वटै वडा कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका हुन । ‘अवको दुई महिना भित्र महालक्ष्मीका सवै वडा कार्यालय स्थापना गर्छौ ।’ पदभारग्रहणपछि नव निर्वाचित मेयर नेपालले संगालोखबरसँग भने ‘वडा कार्यालय स्थापना गरेर जनतालाई चुस्त दुरुस्त रुपमा सेवा उपलब्ध गराउँने छौ ।’

Advertisement
पदभार ग्रहण गर्दै महालक्ष्मी नगरका नव निर्वाचित उप–मेयर मञ्जु अधिकारी ।

जनताका पिर, मर्का र समस्यालाई बुझेर चुनावी अभियानका क्रममा जनतासँग गरेका प्रतिवद्धताहरु पनि क्रमसः पुरा गरिने मेयर नेपालले बताएका छन । महालक्ष्मीका मेयर नेपालसहित उप–मेयर मञ्जु अधिकारी, नौ वटै वडाध्यक्षहरु, सदस्य सवैले सफत ग्रहण गरी पदभार ग्रहण गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!