सुर्खेत। दुर्लभ वन्यजन्तु रेडपान्डा र चितुवाको छालासहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा कालिकोट महाबु– ३ का ३८ वर्षीय दीपक सिंह, खाडाचक्र नगरपालिका– ३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका– ११ का ३५ बलबहादुर सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुर्लभ रेडपान्डा र चितुवाको छाला दुई थान तथा त्यसको हड्डीसहित आज वीरेन्द्रनगरको एरिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो।

आवश्यक कानुनी कारवाहीका लागि पक्राउ परेका सबैलाई जिल्ला वन कार्यालयलाई बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक मोहन आचार्यले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!