मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

पर्वत । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी  दिए । पुरा...
आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

काठमाडौं, १६ साउन। नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेको छ । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर ...
२०७४ साउन १६ गते सोमबारको राशिफल

२०७४ साउन १६ गते सोमबारको राशिफल

मेष– घरजग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। वृष– नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। मिथुन– व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ। कर्कट–  प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्...
धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ छनौट

धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ छनौट

धनकुटा, १५ साउन । धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ जना छनौट भएका छन । धनकुटा स्थित टिन्स क्रियू डान्स सेन्टरमा शनिवार भएको पहिलो छनौट चरण पार गर्दै नृत्य, गायन र अभिनय बिधाका ८७ जना दोस्रो चरणमा प्रवेश गरेका हुन । अडिसनमा गायन, नृत्य र अभियान गरी तीन बिधामा १ सय १३ जना सहभागि भएका थिए । जसमध्ये ७२ जनालाई प्रस्तुतिकै क्रममा निर्णायकले छनौट गरेका थिए । ‘डेन्जर जोन’ मा परेका २० जना...
पहिरोका कारण  पूरै गाउँ विस्थापित हुने अवस्थामा

पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा

बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ । लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ । यस वर्ष वर्षात् शुरु भएसँगै स्...
छाडा सुँगुर नियन्त्रणमा आउँदै

छाडा सुँगुर नियन्त्रणमा आउँदै

राजविराज । राजविराज नगरपालिकाले छाडा सुँगुर नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । नगरवासीको व्यापक गुनासो र गत वैशाख २५ गते ‘छाडा सुँगुरको आतंक’सम्बन्धी समाचार आएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र युथ नेपाल सप्तरीलगायत विभिन्न सरोकार भएका निकायबीचको छलफलपछि नगरपालिकाका निमित्त कार्यकारी अधिकृत उमेरकुमार यादवको लिखित निर्देशनमा कार्यालयका सरसफाइ तथा ज्यालादारी कर्मचारी सुँगुर ...
संविधान निर्माण ऐतिहासिक उपलब्धि : नेता केसी

संविधान निर्माण ऐतिहासिक उपलब्धि : नेता केसी

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताए । नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे। असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्...
प्रभावकारी बन्दै बहुभाषामा शिक्षण

प्रभावकारी बन्दै बहुभाषामा शिक्षण

रुकुम।यहाँका पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ । तीन वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका आठवटा विद्यालयमा बहुभाषामा पढाउन आठ जना शिक्षक तोकिएको छ भने करिब छ सय छात्रछात्राले सो भाषामा अध्यय...
जासूसी गर्दथे यी २० एप्स, गूगलले गर्यो डिलिट

जासूसी गर्दथे यी २० एप्स, गूगलले गर्यो डिलिट

एजेन्सी। गुगलले प्ले स्टोरबाट यस्ता २० एप्सलाई हटाएको छ जसले प्रयोगकर्ताको जासूसी गरिरहेका थिए । यी एप्स प्रयोगकर्ताको इ–मेल, टेक्स्ट, भोइस कल, स्थान र अन्य कुरामाथि निगरानी राख्थे । यो सयभन्दा बढि फोनमा इन्स्टल गरिएका थिए । यी एप्समा लिपिज्जां नामको एक स्पाइवेयर रहेको थियो जसको मद्दतले यो पुरानो एन्ड्रोइड भर्सन भएको ह्यान्डसेटमा सिक्योरिटी प्रोेटक्शनलाई बाइपास गरेर संवेदनशील यूजर डाटा जम्मा गरिर...
रियललाई पराजित गर्दै बार्सिलोनालाई इन्टरनेसनल च्याम्पियन्स कपको उपाधि

रियललाई पराजित गर्दै बार्सिलोनालाई इन्टरनेसनल च्याम्पियन्स कपको उपाधि

मियामी।सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै प्रिसिजन खेलाइने इन्टरनेसनल च्याम्पियन्स कपको उपाधिमाथि कब्जा जमाएको छ । आइतबार बिहान भएको रोमाञ्चक खेलमा बार्सिलोना ३–२ गोलअन्तरले विजयी भएको हो । हर्ड रक स्टेडियममा भएको खेलमा खेलको सात मिनेटभित्रनै रियल २–० गोलले पछि परेको थियो । लियोनेल मेस्सी र इभान र्याकिटचले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त...
फेवातालको दलदले हिलोमा जिप खस्दा एकको मृत्यु, पाँच घाइते

फेवातालको दलदले हिलोमा जिप खस्दा एकको मृत्यु, पाँच घाइते

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम...
बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो : अस्पतालमा विरामीको चाप

बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो : अस्पतालमा विरामीको चाप

उदयपुर।  उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् । बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउन...
एचआइभी संक्रमितहरु सहयोग नपाएपछि पलायन हुन थाले

एचआइभी संक्रमितहरु सहयोग नपाएपछि पलायन हुन थाले

म्याग्दी।  पीडा र पश्चाताप त्याग्दै निराशालाई साहसमा बदलेर खुलेका म्याग्दीका एचआइभी संक्रमित पछिल्लो समय पलायन हुन थालेका छन् । एचआइभी संक्रमण हुनु जीवनको समाप्ति नभएर नयाँ जीवनको सुरुवात हो भन्ने सन्देश दिन खुलेका संक्रमितहरु सामाजिकरुपमा संरक्षण नपाउँदा जीविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन् । संक्रमितलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआइभी एड्स न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम...
एउटा यस्तो विद्यालय, जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेका छैनन्

एउटा यस्तो विद्यालय, जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेका छैनन्

काठमाडौं, १५ साउन। कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन्, ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन...
प्रधानमन्त्री भारत भ्रमणको तयारीमा, महाकाली सन्धिलगायत २२ वर्ष पुराना हिसाब खोजिने

प्रधानमन्त्री भारत भ्रमणको तयारीमा, महाकाली सन्धिलगायत २२ वर्ष पुराना हिसाब खोजिने

काठमाडौं, १५ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औ...
२०७४ साउन १५ गते आइतबारको राशिफल

२०७४ साउन १५ गते आइतबारको राशिफल

मेष– आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। वृष– विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। मिथुन– काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। कर्कट– शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मु...
इलाममा लाखे नाच सुरु

इलाममा लाखे नाच सुरु

इलाम । राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शुक्रबारबाट इलाममा सुरु भएको छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् । नेपाल भाषा तथा संस्कृति समाज इलामले आयोजना गरेको लाखे नाच धार्मिकस्थल माईथानदेखि सुरू भई मालापथ, चोकबजार, नवीन चोक, टुंडिखेल, धोबीधारा, नारायणस्थानलगायत विभिन्न स्थानको परिक्रमा गरि...
छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र  घरनिकाला

छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र घरनिकाला

कपिलवस्तु। छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन महिना अघि छोरी जन्माए देखि परिवारले शारीरिक तथा मानसिक यातना दिद...
बस दुर्घटना हुँदा ३२ जना घाइते

बस दुर्घटना हुँदा ३२ जना घाइते

नवलपरासी। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाह्र जनाको बुटवल र ...
रातो हाब्रे संरक्षणका लागि विद्यालयबाट शिक्षा

रातो हाब्रे संरक्षणका लागि विद्यालयबाट शिक्षा

इलाम। विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि अब विद्यालयमा पठनपाठन शुरु गरिने भएको छ । स्थानीयस्तरबाटै संरक्षण र जनचेतना जगाउन आवश्यक ठान्दै हाब्रे संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार पारी अध्ययन अध्यापन थाल्न लागेको हो । हाब्रे पाइने इलाम, पाँचथर र ताप्लेजुङका २८ विद्यालयमा वातावरण संरक्षणका लागि स्थानीय पाठ्यक्रम बनाएर ...
म्याङ्लुङका पहिरो पीडितलाई राहत रकम वितरण

म्याङ्लुङका पहिरो पीडितलाई राहत रकम वितरण

तेह्रथुम । कुलो थुनिएर गएको पहिराले घर पुरिँदा आमा र छोराछोरी गुमाएका म्याङ्लुङ नगरपालिका–५, आम्दिमका सोमकुमार सोदेम्बाको परिवारलाई शुक्रबार राहत प्रदान गरिएको छ । सोदेम्बाको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु तीन लाख ३० हजार र समाजसेवी राधिका पोखरेलले रु २० हजार राहतस्वरुप प्रदान गर्नुभएको हो । सदरमुकाम म्याङ्लुङमा पोखरेलले पहिरोपीडित परिवारलाई पठाएको सहयोग रकम रु २० हजार प्रजिअ वेदन...
१२ घन्टाको अनुसन्धानपछि सर्लाहीका जिशिअ छुटे

१२ घन्टाको अनुसन्धानपछि सर्लाहीका जिशिअ छुटे

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ । शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित पक्राउ परेका सुवेदीलाई साउन १८ गते प्रमाणसहित कार्यालयमा उपस्थित हु...
अस्पतालको यस्तो हाल : करोडौंको उपकरण प्रयोगविहीन, दरबन्दी पूर्णरुपमा खाली

अस्पतालको यस्तो हाल : करोडौंको उपकरण प्रयोगविहीन, दरबन्दी पूर्णरुपमा खाली

राजविराज।सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै पठाएको करोडौँ मूल्यका उपकरण विशेषज्ञको अभावमा थन्किएको छ । स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभाव खेप्दै आएको अञ्चल अस्पतालमा सरकारले पठाएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होरिजेन्टल एक्सरे, अक्सिजन र डायलायसिस मेसिन गरी चार उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेको अस्पतालबाट बुझिएको छ । दरबन्दी पूर्णरुपमा खाली अस्पतालमा करि...
यौनधन्दामा संलग्न १६ जना पक्राउ

यौनधन्दामा संलग्न १६ जना पक्राउ

काठमाडौं। यौनधन्दामा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंको जोरपाटी र नयाँबस्तीबाट १६ जनालाई पक्राउ गरेको छ । जोरपाटी र नयाँबस्ती क्षेत्रमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने दोलखा शैलुङ–३ का ४० वर्षीय  निमा तामाङ र नारायणटार बस्ने ओखलढुङगाको बिलन्द–१ का ३३ वर्षीय कुमार केसीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । छुट्टाछुट्टै स्थानमा घर भाडामा लिई बेश्याबृत्ति तथा यौनधन्दा जस्ता अन...
भरुवा बन्दुकसहित दुई जना पक्राउ

भरुवा बन्दुकसहित दुई जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ सिरिजङघा गाउँपालिका– ५ बस्ने २८ वर्षीय सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा गरी बस्ने २२ वर्षीय छिरिङ शेर्पा २ थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले उनीहरुलाई समातेको हो । प्रहरीले पक्राउ परेका दुवै ...
सदाचारलाई कुल्चँदै देउवा सरकार, प्रतिवद्धताविपरीत ४४ लाख बाँडेको खुलासा

सदाचारलाई कुल्चँदै देउवा सरकार, प्रतिवद्धताविपरीत ४४ लाख बाँडेको खुलासा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ । असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठ जनालाई गरी ४४ लाख आर्थिक सहायता वितरण गरेको छ । सांसद् रामेश्वर ढुंगेललाई चार ला...
महालक्ष्मी नगरमा एम्वुलेन्स सेवा सञ्चालन (भिडियोसहित)

महालक्ष्मी नगरमा एम्वुलेन्स सेवा सञ्चालन (भिडियोसहित)

धनकुटा, १३ साउन । धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित स्वर्गिय मित्रलाल–बिष्णुमाया पौडेल स्मिृती सेवा समाजले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । महालक्ष्मी नगरबासीलाई सहज बनाउँने उद्धेश्यले ल्याईएको एम्वुलेन्सको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले रिवन काटेर उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख नेपाल, महालक्ष्मी–७ नम्बरका वडाध्यक्ष रुद्र तुम्वा, जीतपुर प्राथ...
पाँचथरमा जिप दुर्घटना, १३ घाइते

पाँचथरमा जिप दुर्घटना, १३ घाइते

पाँचथर ।पाँचथर सदरमुकाम फिदिमदेखि फालेलुङ गाँउपालिकाको मेमेङ तर्फ गइरहेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिप मेची राजमार्ग अन्तर्गत फिदिमको सारन्तामा सडकबाट करिव दुई सय मिटर तल खसेको हो । शुक्रवार दिउँसो दुर्घटनामा परेको मे १ ज १८९२ नम्बरको जिपमा सवार सबै घाइते छन् । उनीहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा  रमिला खपांगी, उनका छोरा लक्की खपांगी, समिप गुरुङ...
झापाको सडको पेटीमा अज्ञात व्यक्ति मृत फेला

झापाको सडको पेटीमा अज्ञात व्यक्ति मृत फेला

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन् । भद्रपुर–८ गणेश मन्दिर नजिकै अन्दाजी ५५ वर्षीय एक पुरुष मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न नसेको प्रहरीले जनाएको छ । आज बिहान ११ बजे अज्ञात व्यक्ति मृत देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । करिब दुई साताअघि मात्र उनी सो वडा आसपास देखापरेको स्थानीयवासी कृष्ण...
घरमा झिंगा आएर तनाव भयो ? यी ६ सरल तरिकामार्फत् भगाउनुहोस्

घरमा झिंगा आएर तनाव भयो ? यी ६ सरल तरिकामार्फत् भगाउनुहोस्

झिंगा आउने समस्या हरेक घरमा हुने गर्दछ । यो समस्याबाट पार पाउनका लागि हामी विभिन्न उत्पादनको प्रयोग गर्दछौं । तर घरमा केही उपाय अपनाए निकै सस्तोमा र सजिलै झिंगा भगाउन सकिन्छ । आयुर्वेद एक्सपर्ट डा. मधुसूदन देशपाण्डेले झिंगा भगाउने सात सरल तरिकाबारे जानकारी दिएका छन् । १. कपूरः थोरै कपूर बाल्नुहोस् र पूरा कोठाभरी यसको धुँवा फैलाउनुहोस् । यसको गन्धले घरमा झिंगा आउँदैन । २. पुदिनाको तेलः घरमा पु...
बाढीपीडितलाई निःशुल्क उपचार

बाढीपीडितलाई निःशुल्क उपचार

सप्तरी।  बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सांसद रञ्जीत कर्णको समन्वयमा नोबेल मेडिकल कलेज विराटनगरद्वारा सदरमुकाम राजविराजमा आयोजित सो शिविरमा बाढीबाट प्रभावित गरिब तथा विपन्न वर्गका एक हजार ५०० जनाले स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधिसमेत वितरण भएको बताइएको छ । विभिन्न खोला र नदीमा...
error: Content is protected !!