ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ।

वृष– विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला।

Advertisement

मिथुन– काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

कर्कट– शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्।

सिंह– घरखर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।  ।

कन्या– अरूको भरपर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ ।  सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

तुला– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ ।

वृश्चिक– रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ।

धनु– अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ। एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्।

मकर– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ।

कुम्भ– आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ।

मीन– सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!