इलाम । राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शुक्रबारबाट इलाममा सुरु भएको छ ।
नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् ।

नेपाल भाषा तथा संस्कृति समाज इलामले आयोजना गरेको लाखे नाच धार्मिकस्थल माईथानदेखि सुरू भई मालापथ, चोकबजार, नवीन चोक, टुंडिखेल, धोबीधारा, नारायणस्थानलगायत विभिन्न स्थानको परिक्रमा गरिएको छ ।

Advertisement

‘संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले नाच सुरू गरेका हौं,’ नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले भन्नुभयो । नेवारी समुदायले मनाउने जात्रामा इलामका नेवारी समुदायका बासिन्दाको सहभागिता छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!