झिंगा आउने समस्या हरेक घरमा हुने गर्दछ । यो समस्याबाट पार पाउनका लागि हामी विभिन्न उत्पादनको प्रयोग गर्दछौं ।

Advertisement

तर घरमा केही उपाय अपनाए निकै सस्तोमा र सजिलै झिंगा भगाउन सकिन्छ । आयुर्वेद एक्सपर्ट डा. मधुसूदन देशपाण्डेले झिंगा भगाउने सात सरल तरिकाबारे जानकारी दिएका छन् ।

१. कपूरः थोरै कपूर बाल्नुहोस् र पूरा कोठाभरी यसको धुँवा फैलाउनुहोस् । यसको गन्धले घरमा झिंगा आउँदैन ।

२. पुदिनाको तेलः घरमा पुदिनाको तेल छर्कनुहोस् । यसको गन्धका कारण घरमा झिंगा आउँदैन ।

३. धुलो खुर्सानीः स्प्रे बोटलमा थोरै धुलो खोर्सानी पाउडर भर्नुहोस् । यो छर्किदाँ पनि घरमा झिंगा आउँदैन ।

४. दालचिनीः दालचिनीको रस पानीमा मिसाएर छर्कनुहोस् । यसो गर्नाले पनि झिंगा घरमा आउँदैन ।

५. ल्वाङ्गको तेलः झिंगा धेरै आउने स्थानमा ल्वाङ्गको तेल छर्कनुहोस् । समस्या हल हुन्छ ।

६. ल्याभेन्डरको तेलः घरमा ल्याभेन्डरको तेल छर्कनुहोस् । यसको गन्धले झिंगा आउँदैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!