काठमाडौं। यौनधन्दामा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंको जोरपाटी र नयाँबस्तीबाट १६ जनालाई पक्राउ गरेको छ ।

जोरपाटी र नयाँबस्ती क्षेत्रमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने दोलखा शैलुङ–३ का ४० वर्षीय  निमा तामाङ र नारायणटार बस्ने ओखलढुङगाको बिलन्द–१ का ३३ वर्षीय कुमार केसीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

छुट्टाछुट्टै स्थानमा घर भाडामा लिई बेश्याबृत्ति तथा यौनधन्दा जस्ता अनैतिक कार्य गर्ने गराउने गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटी गएको प्रहरीले दुवै संचालक, यौनधन्दामा संलग्न ८ युवती र ६ पुरुष ग्राहकसमेत गरी १६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!