काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए ।

Advertisement

त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ ।

असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठ जनालाई गरी ४४ लाख आर्थिक सहायता वितरण गरेको छ ।

सांसद् रामेश्वर ढुंगेललाई चार लाख आर्थिक सहायता दिइएको छ भने बुद्धिकुमारी पाण्डे रुपन्देहीले पाँच लाख सहायता पाएकी छन् ।

यसैगरी अन्य आठजनालाई पनि देउवाले आर्थिक सहायता बाँडेका छन् ।

असार महिनामा मात्र आठ जनालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख दिइएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!