रुकुम।यहाँका पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ ।

नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ ।

Advertisement

तीन वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका आठवटा विद्यालयमा बहुभाषामा पढाउन आठ जना शिक्षक तोकिएको छ भने करिब छ सय छात्रछात्राले सो भाषामा अध्ययन गरिरहेका छन् ।

२१ वर्ष अघिदेखि त्यस क्षेत्रका विद्यालयमा बहुभाषामा शिक्षण शुरु गर्ने जिल्ला शिक्षा पठ्यक्रम विकास समितिको पहल भए पनि त्यो सम्भव भएको थिएन ।

तर विगत तीन वर्ष पहिले जिल्लामा रहेको गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपाल रुकुम कलष्टरको आर्थिक सहयोगमा पाठ्यक्रम तयार भएपछि अहिले यी विद्यालयमा बहुभाषामा शिक्षण भइरहेको छ ।

नेपाली भाषामा मात्र पढाइ हुँदा विद्यार्थीले नबुझेर समस्या हुने गरेको भए पनि अहिले स्थानीय मगर खाम भाषामा पनि पढाइ हुन थालेको छ । आठ विद्यालयका कक्षा ३ सम्ममा अहिले अँग्रेजीबाहेक अरु सबै विषय बहुभाषा (नेपाली र स्थानीय मगर खाम भाषा) मा पढाइ भइरहेको छ ।

बहुभाषामा शिक्षण शुरु भएपछि विद्यार्थी पनि सक्रियताका साथ विद्यालयमा आउने र शिक्षण क्रियाकलापमा सहभागी हुने गरेको आधारभूत खाबाङका प्रधानाध्यापक गोवद्र्धन बुढाले बताउनुभयो । विद्यार्थीको सक्रियता बढेपछि शैक्षिक प्रगतिमा पनि वृद्धि भएको उहाँको भनाइ छ ।

मगर खाम भाषा बोलिने यी क्षेत्रका अन्य विद्यालयमा पनि आगामी दिनमा यस्तो पाठ्यक्रम बनाउनका लागि आफूहरूले सहयोग गर्ने युनाइटेड मिसन टु नेपाल रुकुम कलष्टरका टिम लिडर ताराहाङ तावाले बताउनुभयो ।

पाठ्यक्रममा बहुभाषा शिक्षणअन्तर्गत मगरखाम, नेपाली र अंग्रेजी भाषा रहेको छ । कालो अक्षरमा नेपाली र अंग्रेजी भाषामा रहेका किताबमा रातो रङ्ग प्रयोग गरेर स्थानीय मगर खाम भाषामा परिमार्जन गरिएको छ । आफ्नै भाषामा पढाइ हुन थालेपछि विद्यार्थी खुसी भएका छन् । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!