- संगालोखबर सम्वाददाता

धनकुटा, १३ साउन । धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित स्वर्गिय मित्रलाल–बिष्णुमाया पौडेल स्मिृती सेवा समाजले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ ।

महालक्ष्मी नगरबासीलाई सहज बनाउँने उद्धेश्यले ल्याईएको एम्वुलेन्सको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले रिवन काटेर उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख नेपाल, महालक्ष्मी–७ नम्बरका वडाध्यक्ष रुद्र तुम्वा, जीतपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख रञ्जिव कुमार यादव लगायतले एम्वुलेन्स सेवाका कारण महालक्ष्मी नगरबासीलाई उपचारका लागि अन्यत्र लैजानु पर्दा सहज हुने धारणा राखेका छन ।

रिवन काटेर एम्वुलेन्स सेवा उद्घाटन गर्दै महालक्ष्मी नगरका मेयर नेपाल ।

जितपुरमा उपचार हुन नसकेर विरामीलाई अन्यत्र लैजानु पर्दा महालक्ष्मी नगरबासीले बेहोर्नु परेको सास्तीलाई मध्यनजर गर्दे एम्वुलेन्स सेवा सञ्चालन गरिएको स्वर्गिय मित्रलाल–बिष्णुमाया पौडेल स्मिृती सेवा समाजका अध्यक्ष भुमिराज पौडेल (भुपाल) ले जानकारी दिएका छन ।

स्वर्गिय मित्रलाल–बिष्णुमायाका नातीसमेत रहेका अध्यक्ष पौडेलका अनुसार महालक्ष्मी नगरबासीलाई सहजताका लागि उक्त एम्वुलेन्स जितपुर प्राथमिक केन्द्रमै राखेर २४ सै घण्टा सेवा उपलब्ध गराईनेछ ।

यसैवीच एम्वुलेन्स उद्घाटन कार्यक्रमकै अवसरमा स्वर्गिय मित्रलाल–बिष्णुमायाका छोरा–बुहारी दोर्ण प्रसाद पौडेल र कालिका पौडेलले जितपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान बिरामी बोक्ने ‘स्टेचर’ प्रदान गरेका छन ।

महालक्ष्मी नगरमा एम्वुलेन्सलाई यसरी पुजा गरेर उद्घाटन गरियो, भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!