सप्तरी।  बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

Advertisement

सांसद रञ्जीत कर्णको समन्वयमा नोबेल मेडिकल कलेज विराटनगरद्वारा सदरमुकाम राजविराजमा आयोजित सो शिविरमा बाढीबाट प्रभावित गरिब तथा विपन्न वर्गका एक हजार ५०० जनाले स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधिसमेत वितरण भएको बताइएको छ ।

विभिन्न खोला र नदीमा आएका बाढीेबाट प्रभावित सप्तरीका मैनाकडेरी, भेडिया, पोर्ताहा, भारदह, तिलाठीलगायतका बाढीपीडितलाई शिविरमा निःशुल्क उपचार गरिएको नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी र्दिए ।

उनले आफ्नो अस्पतालले गरिब तथा विपन्न वर्गका लागि न्यूरोेसहित मिर्गौलाको निःशुल्क डायलायसिस र मुटुरोगको पनि निःशुल्क उपचार शुरु गरेको जानकारी दिए ।

यसैबीच सप्तरीका गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कुकुरको टोकाइले लाग्ने रेबिज रोगविरुद्ध लगाइने खोपको अभाव भएको छ । विगत चार महिनादेखि सो खोपको अभाव भएको अस्पतालले जनाएको छ ।

दैनिक आठदेखि १० वटा कुकुरले टोकेको बिरामी सो अस्पतालमा उपचारका लागि आउने गरेका छन् । रेबिजविरुद्धको खोपको माग गरिएको र छिट्टै आउने विश्वास अस्पताल प्रशासनको छ ।

शान्ति समितिमा १९८ उजुरी

स्थानीय शान्ति समिति सप्तरीमार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगमा १६९ वटा उजुरी परेका छन् ।

तीमध्ये बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा २९ वटा र सत्य निरुपण तथा मेलमिलाप आयोग १४० गरी कुल १६९ वटा उजुरी परेको स्थानीय शान्ति समितिका सचिव रविकुमार गुप्ताले जानकारी दिए ।

उनले अहिलेसम्म १९८ उजुरी आएको छ, अरु पनि उजुरी आउने क्रम जारी रहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!