एजेन्सी। गुगलले प्ले स्टोरबाट यस्ता २० एप्सलाई हटाएको छ जसले प्रयोगकर्ताको जासूसी गरिरहेका थिए । यी एप्स प्रयोगकर्ताको इ–मेल, टेक्स्ट, भोइस कल, स्थान र अन्य कुरामाथि निगरानी राख्थे । यो सयभन्दा बढि फोनमा इन्स्टल गरिएका थिए ।

यी एप्समा लिपिज्जां नामको एक स्पाइवेयर रहेको थियो जसको मद्दतले यो पुरानो एन्ड्रोइड भर्सन भएको ह्यान्डसेटमा सिक्योरिटी प्रोेटक्शनलाई बाइपास गरेर संवेदनशील यूजर डाटा जम्मा गरिरहेको थियो ।

Advertisement

गूगललले यस विषयमा एउटा ब्लग पनि पोष्ट गरेको छ जसअनुसार यी एप्समा यस्ता कोड थिए जसको मद्दतले यस्ता काम गर्न सकिन्थ्योः

– फोन रेकर्डिङ

– VoIP रेकर्डिङ

– लोकेशन मोनिटरिङ

– स्क्रिनसट लिनु

– फोनको क्यामराबाट फोटो लिनु

– डिभाइसको जानकारी र फाइल्सबारे जानकारी लिनु

– कन्ट्याक्ट, कल लग, एसएमएस, एपको डेटा एक्सेस गर्नु

यी एप्सले जिमेल, ह्याङ्आउट, मेसेन्जरजस्ता एप्सबाट जानकारी एकत्रित गरेको थियो र ह्वाट्सएप, टेलिग्राफ र भाइबरजस्ता एप्सको मेसेज पनि पढिरहेका थिए ।

गूगलका अनुसार सुरुमा उसले यस्ता एप्सलाई ब्लक गर्यो तर चाँडै नै थोरै परिवर्तनका साथ पुनः पहिलेकै फर्मेटमा प्ले स्टोरमा फिर्ता भयो ।

यो एप्सलाई साइबर आर्म्स कम्पनी एक्वस टेक्नोलोजीद्वारा विकसित गरिएको जसरी तयार गरिएको थियो ।

एकपटक जब त्यसलाई ब्लक गरियो तब यो क्लिनर, नोटप्याड, साउन्ड रेकर्डर र अलार्म म्यानेजर एप्सजस्तै देखिन थाल्यो ।

ब्लगमा भनिएको छ, ‘लिपिज्जां एउटा यस्तो मल्टि–स्टेज स्पाइवेयर हो जसले प्रयोगकर्ताको इमेलमा प्रवेश गर्न सक्छ, त्यसको मेसेज, लोकेशन, भोइस कल र मिडियालाई पनि एक्सेस गर्न सक्छ । हामीले २० लिपिज्जां एप निकै चलाखीपूर्वक सयभन्दा बढि डिभाइसमा रहेको पायौं । हामीले यसका डेभलपर्स र यी एप्सलाई एन्ड्रोइड इकोसिस्टकबाट ब्लक गरिदिएका छौं ।’

एकपटक इन्स्टल भएपछि यो एप सेकेन्ड स्टेजमा लाइसेन्स भेरिफिकेसन गराउँछन् र पुनः डिभाइसलाई स्क्यान गर्दथे र डेभलपरद्वारा नियन्त्रित एक सर्भरमा डेटा पठाउँथे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!