शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ ।
मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छानबिन गरिरहेको छ ।
२० पुस २०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको ...



















