मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ.
शुखको अनुभब हुने साता छ । आत्मविस्वासमा दोब्बर वृद्धि होला । नयाँ कामका पनि योजनाहरु बनाउने साता छ । व्यवसायमा पर्याप्त लाभ हुने देखिन्छ । आर्थिक काम कारोबारमा आशा गरे अनुसारकै लाभ हुनेछ । प्रेममा पनि मिलन होला । मान्यजनहरुबाट सहयोग र आशिर्वाद मिल्ने छ । घाउ चोटपटकको सम्भावना रहेकाले सावधान रहनु होला ।

बृष राशि– इ. उ. ए. ओ. व. वि. वु. वे. वो.
रमाइलो यात्रा होला । यो साता आर्थिक कारोबारमा लाभ हुनेछ । खुट्टा तान्न खोज्नेहरु आफै गल्नेछन् । पठनपाठनमा रुचि बड्नेछ अनि सफलता पनि प्राप्त होला । साथिभाइबाट काममा सहयोग मिल्नेछ । सवारी साधनको प्रयोग गर्दा भने सावधान रहनु पर्ने देखिन्छ । प्रेम प्रसंग पनि रमाईलै रहने देखिन्छ ।

Advertisement

मिथुन राशि– क. कि. कु. घ. ङ. छ. के. को. ह.
छलछाम गर्नेबाट सावधान रहनु होला । नया कामको थालनी हुने देखिन्छ । यो साता महत्वपूर्णठाउँको जिम्मेवारी वहन गर्नु पर्ला । मान सम्मानमा पनि वृद्धि होला । पठन पाठनमा भने रुची अलि कम जानेछ । घर परिवारबाट प्रशस्त सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिबाट विशेष सहयोग प्राप्त होला । प्रेम प्रस्ताव आउन सक्छ । समग्रमा साता राम्रो छ ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.
कमाउने कुरामा राम्रो साता छ । समाजका मान्य व्यक्तिहरुसित सम्पर्कहोला । नयाँ काम गर्दा साथिभाईको सल्लाह लिएर मात्र गर्नु होला । समयको ख्याल राखेर काम गर्नहोला । तपाईंको सोच अनुसार काम गर्ने समय छ । शुभ समाचार सुन्न पनि पाइुनेछ । नयाँ कामका लागि उचित मौका रहेको साता छ । प्रेम सम्बन्ध सुमधुर अनि सहयोगि रहनेछ ।

सिंह राशि– मा. मि. मू. मे. मो. ट. टि. टू. टे.
शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने साता छ । विलासिताका सामन किनमेल गर्नमा समय वित्ला । राजनीतिमा चासो जानेछ । समयको प्रतिक्षा गर्नहोला । अनावश्यक कुराको विवादमा परिएला सावधान रहनु होला । सरकारी सेवामा रहनुहुनेहरुका लागि महत्वपूर्ण बेला छ । बिपरित लिङ्गी साथीबाट पूर्णसहयोग पाउनु हुने साता छ । समग्रमा साता फलदाई रहला ।

कन्या राशि– टो. प. पी. पू. ध. ण. ठ. पे. पो.
अनौठो तरिकाले काम बन्नेछ । इष्टमित्रसँग भेटघाट होला, भेटघाटले मानसिक उर्जा प्राप्त हुने देखिन्छ । यात्राका क्रममा सावधान रहनु भए बेश होला । कुनै सामान हराउन पनि सक्छ, आफ्नो सामानको सुरक्षामा ध्यान दिनु पर्ने देखिन्छ । घरपरिवारले पनि तपाँर्इँको काममा राम्रो सहयोग गर्नेछन् । आर्थिक पक्ष पनि बलियो छ ।

तुला राशि– र. रि. रु. रे. रो. त. ति. तु. ते.
मायालुको साथ सम्झन योग्य रहला । यो साता तपाईंले प्रतिक्षा गरेका धेरै कामहरु सम्पन्न होलान, त्यसैले प्रयासलाई जारी राख्नु होला । सामाजिक कामको पनि जिम्मेवारी बड्ने देखिन्छ । तपाईंको सहयोगको अरुलाई अपेक्षा रहिरहने साता छ । यात्राबाट मानसिक बल पनि मिल्ने देखिन्छ । तपाईंको बुद्घि अनि विवेकको अरुले पनि यो साता सहयोग लिनेछन ।

बृश्चिक राशि– तो. न. नि. नु. ने. नो. या. यि. यू.
नया कामको अफर आउने साता छ । सन्तानबाट तपाईंलाई यो साता काममा भरपुर सहयोग मिल्ने देखिन्छ । सञ्चारको क्षेत्रमा काम गर्न वातावरण बन्नेछ । मन भने अलि चञ्चल रहला । प्रेममा अत्यन्त राम्रो समय आउने छ । तपाईंको पछाडिबाट टेवा दिने धेरै नै होलान् । सामाजिक सदभाव प्राप्त हुने साता छ । यो साता कामको जिम्मेवारी बड्दै जानेछ ।

धनु राशि– ये. यो. भा. भी. भू. ध. फा. ढा. भे.
यो साता बादबिवाद बाट जति सक्दो टाढा रहे राम्रो । काम प्रतिको लगनशिलतालाई कायम राख्नु भए पछिका लागि राम्रो हुने साता छ । इष्टमित्रहरुसँग भेटघाट हुनेछ । सामाजिक कार्यमा पनि संलग्न हुनु पर्ला । यात्राको पनि योग छ । यो साता तपाईंको प्रेम प्रसंग सुखद रहने छ । यो साता निर्णय लिने कुरामा हतार नगर्दा राम्रो ।

मकर राशि– भो. ज. जी. जू. जे. जो. ख. खि. खु. खे. खो. ग. गी.
रोजगारीको अवसर आउन सक्छ । खेलकुदमा सरिक हुनु पर्ला । इष्टमित्रहरुबाट पनि सहयोग प्राप्त हुनेछ । यो साता कमाउने समय हो आफ्नो कामको व्यवस्थापन मिलाउनु होला । मुद्दा मामिलामा भने तपाईंको पक्ष कमजोर स्थितिमा रहनेछ, त्यसैले त्यसतर्पm बिषेश सोच्नु होला । मयालु मान्छेको मीठो बोलीले मन रमाउने साता छ । छोटो मीठो यात्रा पनि हुन सक्छ ।

कुम्भ राशि– गु. गे. गो. स. सी. सू. से. सो. दा.
आफन्तको भरपुर सहयोग पाइने साता छ । उपहार पुरस्कार आदि पनि प्राप्त होलान । सानो मसिनो कुरामा अलिकति तनाब होला । कलाकारिता र अध्यात्मिक क्षेत्रप्रति रुची जानेछ । घर परिवारको शुभ समाचारले मनलाई आनन्दित बनाउने छ । मायालु मान्छेको साथ साता भरी नै रहिरहनेछ ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. च. ची.
नबनेको पुरानो काम बन्ने साता छ । वैवाहिक जीवन अनि प्रेम प्रसङ्गमा रमाईलो साता रहने छ । पारिवारिक वातावरण पनि सुमधुर हुनेछ । इष्टमित्रहरुसँग भेटघाट हुनेछ । पछिका लागि सर–सल्लाह तथा योजनाहरु बनाउने साता छ । कसैको स्वास्थ्य उपचारमा सहयोग पनि गर्नु पर्ला । पढाइ लेखाइमा राम्रो साता छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!