१३ वर्षीय विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

१३ वर्षीय विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य शुरु गरेको छ । पक्राउ परेकाल...
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु।  कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ । पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका ...
प्रचारको अन्तिम दिनः शीर्ष नेता को कहाँ ?

प्रचारको अन्तिम दिनः शीर्ष नेता को कहाँ ?

काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचन आफ्नो पक्षमा पार्न दलका नेताहरु सक्रिय बनेका छन् । प्रचारको अन्तिम दिन शुक्रबार दलका शीर्ष नेताहरु विभिन्न जिल्ला पुग्दैछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कलैया नगरपालिकाको आमसभालाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै वीरगन्जको चुनावी सभालाई पनि सम्बोधन गर्नेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली आज बारा जाँ...
के गर्दै छन्, नेपाल आइडलको “टप टेन” बाट बाहिरिएकाहरु ?

के गर्दै छन्, नेपाल आइडलको “टप टेन” बाट बाहिरिएकाहरु ?

देशभरका हजारौँ प्रतिस्पर्धीबाट सुरु भएको नेपाल आइडल ‘टप थ्री’को चरणमा पुगिसकेको छ । फ्रेन्चाइजका रूपमा नेपालमा पहिलोपटक सुरु भएको नेपाल आइडलले छोटो समयमै लोकप्रियता कमायो । उत्कृष्ट चार प्रतिस्पर्धीका लागि ३७ लाखभन्दा बढी भोट आउनुले पनि यसको लोकप्रियतालाई प्रस्ट्याउँछ । ‘टप थ्री’का प्रतिस्पर्धी नेपाल आइडलमै भिडिरहेका छन् भने ‘टप टेन’सम्म पुगेका बाँकी ७ सहभागी पनि स्टेज कार्यक्रम र गीत रेकर्डिङमा व...
आज मध्यरातबाट मौन अवधि सुरु हुँने, के-के गर्न पाईदैन ?

आज मध्यरातबाट मौन अवधि सुरु हुँने, के-के गर्न पाईदैन ?

काठमाडौं, ३० भदौ । २ असोजमा हुने तेस्रो चरणअन्तर्गतको प्रदेश २ कोे स्थानीय तह निर्वाचनका लागि आज (शुक्रबार) मध्यरातबाट मौन अवधि सुरु हुँदै छ । मतदान सुरु हुनु ४८ घण्टा अघिबाट सुरु हुने यस अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत यो लागू हुनेछ । निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्ददेखि...
सप्तरीमा वडाध्यक्षका उम्मेद्वारको घरमा लाखौँको चोरी

सप्तरीमा वडाध्यक्षका उम्मेद्वारको घरमा लाखौँको चोरी

सप्तरी, ३० भदौ। जिल्लाको राजविराज–१ मा उम्मेदवारको घरमा चोरी भएको छ । स्थानीय तह निर्वाचनका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको हो । उनी राजविराज नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार छन् । मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले बताएका छन...
अज्ञात समूहद्धारा गाउँपालिका अध्यक्षको अपहरण

अज्ञात समूहद्धारा गाउँपालिका अध्यक्षको अपहरण

रोल्पा, ३० भदौ। रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताए । वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् । शनिबार आयो...
यस्ता छन् प्रदेश नम्बर २ को निर्वाचनका सुरक्षा चुनौती

यस्ता छन् प्रदेश नम्बर २ को निर्वाचनका सुरक्षा चुनौती

काठमाडौं, ३० भदौ । तराई–मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएका छन् । सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई...
२०७४ भदौ ३० गते शुक्रबारको राशिफल

२०७४ भदौ ३० गते शुक्रबारको राशिफल

मेष– न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष– काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । मिथुन– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । कर्कट– पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोग...
भीमनारायण गोल्डकपः वेलवारीलाई हराउँदै ब्वाईज यूनियन फाईनलमा (भिडियोसहित)

भीमनारायण गोल्डकपः वेलवारीलाई हराउँदै ब्वाईज यूनियन फाईनलमा (भिडियोसहित)

धनकुटा, २९ भदौ । वेलवारी एफसी मोरङलाई पराजित गर्दै ब्वाईज यूनियन धनकुटामा जारी १३ औं सहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । स्थानीय टुडिखेलमा आज भएको पहिलो सेमिफाईनल खेलमा वेलवारी एफसीलाई १–० गोलले पराजित गर्दै ब्वाईज यूनियन काठमाण्डौले फाईनलको यात्रा सुरक्षित गरेको हो । खेल सुरुवातको चौथो मिनेटमा ब्वाईज यूनियनका नाईजेरियन खेलाडी अवुबाकोन...
एक करोड लिटर दूध संकलन

एक करोड लिटर दूध संकलन

विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ । व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित सो संस्थानले सर्वसाधारणबीच दूध बिक्री गर्...
युवा समूहलाई १० लाख निर्व्याजी ऋण

युवा समूहलाई १० लाख निर्व्याजी ऋण

बैतडी । जिल्ला युवा समितिले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत दुईवटा युवा समूहलाई रु १० लाख बिना धितो निर्व्याजी ऋण सहयोग गर्ने भएको छ । समितिले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका एक–एकवटा समूहलाई रु पाँच÷पाँच लाखका दरले बिना धितो ऋण सहयोग गर्न लागेको हो । जिल्ला युवा समितिका अध्यक्ष सन्तोषप्रकाश जोशीका अनुसार ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहमा क्षेत्र नं एकबाट लालीगुराँस बाख्रापालन सम...
सुन भाउ घट्यो

सुन भाउ घट्यो

काठमाडौं।  नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ कम भएको छ । अघिले दिन तोलामा २ सय रुपैयाँ बढेको सुन आज भने ३ सय रुपैयाँ कम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ तोलाको ५६ हजार ८ सय रुपैयाँ छ । यस्तै, तेजावी सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ छ । अघिल्लो दिन छापावाल सुनको भाउ तोलाको ५७ हजार एक सय रुपैयाँ थियो । आज बजारमा चाँदी भाउ पनि तोलामा ५ रुपैयाँ ...
सडक बनेपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटियो

सडक बनेपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटियो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ । विसं २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प्रयोगमा आउन सकेको थिएन । जलजला गाउँपालिका–१, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दाले ...
आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

धनकुटा, २९ भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा आज ब्वाईज यूनियन र वेलवारी एफसी मोरङवीच खेल हुँदैछ । स्थानीय टुडिखेलमा अपरान्ह हुँने खेलमा फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी आम्नेसाम्ने हुन लागेका हुन । मंगलबार भएको उद्घाटन खेलमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले हराउँदै वेलवारी एफ.सी. सेमिफाईनल पुगेको हो । प...
बलात्कृत बालिकाले जन्माएको बच्चाको डिएनए मिलेन

बलात्कृत बालिकाले जन्माएको बच्चाको डिएनए मिलेन

चन्डीगढ। भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत्त भएकी १० वर्षीया बालिकाले जन्माएको बच्चाको डिएनए उनका काकासँग नमिलेपछि प्रहरीले पुनः यसबारे अनुसन्धान सुरू गरेको छ। उनीमाथि एक भन्दा बढी बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ । बलात्कारको आरोप लागेका उनका काकालाई अदालतले बलात्कृत ठहर गरेको थियो उनी अहिले जेलमा छन्। बालिकाको उमेर ज्यादै नै सानो भएकाले गर्भपतनका लागि ठूलै ज...
मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४ को मृत्यु

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४ को मृत्यु

कवालालम्पुर । मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको छ। यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त विद्यालय बालकहरुका लागि मात्र हो। यस आगलागीमा परी मृत्यु भएका व्यक्तिमा अधिकांश १३ देखि १७ वर्षका रहेका जनाइएको छ। अधिकारीहरुका अनुसार केही बर्षयता भएका भीषण आगलागी मध्ये यो सबैभन्दा ...
सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ।  दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ । मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ । गर्भवती भएदेखि स...
गुण्डा नाइके बाबु पुन पक्राउ

गुण्डा नाइके बाबु पुन पक्राउ

दाङ । दाङमा बाबु पुनको नामबाट गुण्डा नाइकेका रुपमा चिनिने पूर्ण बहादुर पुन पक्राउ परेका छन् । दाङ प्रहरीको अपराध नियन्त्रण तथा गुण्डागर्दी नियन्त्रण बिशेष अभियान अन्तरगत बाबु भन्ने पुर्ण बहादुर पुनलाई दाङको घोराहीबाट नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रमुख दुर्गा सिहले जानकारी दिइन् । घोराही उपमहानगरपालिका वडा नं.१५ मा रहेका सिटी गार्डेन होटेलमा लुकिछिपी बसिरहेका बेला गुण्डा नाइके बाबु भन्ने पुर्ण...
यमुना नदीमा डुंगा पल्टियो, २० जनाको मृत्यु, कयौं बेपत्ता

यमुना नदीमा डुंगा पल्टियो, २० जनाको मृत्यु, कयौं बेपत्ता

लखनउ । भारतको उत्तर प्रदेश राज्यको बागपतबाट करिब ६ किलोमिटर दुरीमा रहेको काठा गाउँ नजिकै यमुना नदीमा बिहीबार बिहान डुंगा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । केहीले भने पौडिएर ज्यान जोगाएको बताइएको छ । दुर्घटनामा अन्य कयौं बेपत्ता भएका छन् ।दुर्घटना भएलगत्तै खोजी तथा उद्धारमा विभिन्न टोली परिचालन गरिएको बताइएको छ । काठा गाउँ निवासी महिला र पुरुष यमुना नदी पार गरी दैनिक मजदुरीका लागि...
एक लाख रुपैयाँसहित हेटौडाबाट ८ जुवाडे पक्राउ

एक लाख रुपैयाँसहित हेटौडाबाट ८ जुवाडे पक्राउ

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकलाख ३० हजार रुपैयाँसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । उनिहरुलाई मकवानपुर हेटौडा उपमहानगरपालिका ७ शान्तिटोलस्थित एक कुखुरा फर्ममा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरिक्षक दिलिपराज झाले बताए । उनिहरुको साथबाट एक लाख तीस हजार छ सय पच्चीस रुपैयाँ  र १३ बुक तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० बमोज...
जंगलमा बाघले तर्साएपछि दर्जन बाँदरको हृदयघातका कारण मृत्यु

जंगलमा बाघले तर्साएपछि दर्जन बाँदरको हृदयघातका कारण मृत्यु

एजेन्सी। एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो । स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए । उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ । ‘ती बाँदरहरु बाघको गर्जनका कार...
सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

सोलुखुम्बु। तपार्इं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएका छन् । सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्मकै बाटोमा वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अन...
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा पुरा गर्‍यो । नेपालले चौथो ओभरमै ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका अनिल साह १५ बलमा ३ चौकको मदतले १८ रन जोड्दै क्याच आउट भए । ओपनर सन्दिप सुनारले सर्वाधिक २० रनको योगदान दिँदा सुमित महर्जन १० र स...
त्रिशूली जलविद्युत्को फ्युज शाखामा आगलागी

त्रिशूली जलविद्युत्को फ्युज शाखामा आगलागी

नुवाकोट। नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ। बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो। विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरम...
एमाले र मधेसी दल मधेसमा खतरनाक खेल खेल्दैछन्ः कांग्रेस महामन्त्री

एमाले र मधेसी दल मधेसमा खतरनाक खेल खेल्दैछन्ः कांग्रेस महामन्त्री

पर्सा। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एमाले र मधेसी दलले मधेसमा  खतरनाक खेल  खेलिरहेको आरोप लगाउँदै त्यसविरुद्ध कांग्रेस लागिपर्ने बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  कोइरालाले भने, ‘ एमाले तथा मधेश केन्द्रित दलहरु मधेसमा द्वन्द निम्त्याएर आफ्नो दुलो सोझ्याउन खोजिरहेका छन्।  मधेशी दलहरु तथा माओवादीहरु नेपाली काग्रेसको पुच्छर समाएर...
५० प्रतिशत भत्ता वृद्धिको कर्मचारीबाटै विरोध सुरु

५० प्रतिशत भत्ता वृद्धिको कर्मचारीबाटै विरोध सुरु

सल्यान । शंकर के सी,सल्यान–सल्यानको बन्गाड कुपिण्डे नगरपालीकाले स्थानीय तहका कर्मचारीको ५० प्रतिशत भत्ता वृद्धि गरेपछि अन्य कर्मचारी आन्दोलित वनेका छन् । बन्गाड कुपिण्डे नगरपालीकाको भदौ १८ गते वसेको वैठकले नगर कर्माचारी र वडास्तरमा काम गर्ने कार्यलय सहयोगी, कार्यालय सहयाक र वडा सचिवको ५० प्रतिशत मासिक भत्ता वृद्धि गरेको थियो । पछिल्लो निर्णयले नगरपालीकाका  शिक्षक, कर्माचारी, हुलाक, स्वास्थ्य, ...
नवजात शिशु मारेर गाडेको अभियोगमा तीन पक्राउ

नवजात शिशु मारेर गाडेको अभियोगमा तीन पक्राउ

ताप्लेजुङ। अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीया पेमा जाङ्मु शेर्पा र १६ वर्षीय साङ्गे शेर्पा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय, दोभानको टोलीले पक्राउ गरेको हो । शिशुकी आमा २३ वर्षीया सन्ध्या शेर्पा भने फरार रहेकी छन् । उनको खोजीकार्...
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज। राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ । साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत गम्भीर घाइते भएका छन् । राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दि...
चार दिनअघि स्कुलबाटै हराएका विद्यार्थी मृत फेला

चार दिनअघि स्कुलबाटै हराएका विद्यार्थी मृत फेला

भीमदत्तनगर ।  चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्तनगरपालिका–७, हल्दुखालका १३ वर्षीय विद्यार्थी तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन् । स्थानीय महाकाली जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत चन्द गत आइतबार विद्यालयबाटै हराएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चन्दको हत्या गरिएको अवस्थामा शव फेला परेको बताउनुभयो । उहा...
मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापक पक्राउ

मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापक पक्राउ

इलाम। मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बारम्बार मादकपदार्थ सेवन गर्ने श्रेष्ठलाई पटकपटक चेतावनी दिँदासमेत नसुध्रिएपछि विद्यालयमै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अत्यधिक मदिरा सेव...
error: Content is protected !!