- देबराज राई/संगालोखबर

उदयपुर, ८ मंसिर । तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका–१ का बालकलाई बालिका करणीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा १३ वर्षीय बालक घरबाटै पक्राउ परेका हुन् । घरका सवै सदस्यसँगै भएको बेला बालिकालाई अम्बा देखाई फकाएर कोठामा लगि बलात्कार गरेको बताईएको छ । आरोपीत बालकले सो कुरा स्वीकार गरेको प्रहरीको भनाई छ ।

Advertisement
सांकेतिक तस्वीर ।

पीडित बालिकाको परिवारलाई गाउँलेकै रोहबरमा मिलापत्र गर्न दवाव दिएर उपचारका लागि बालिकालाई निजी अस्पतालमा लगिएको थियो । गम्भीर प्रकृतिको घटना भएकाले निजी अस्पतालले उपचार नगर्ने बताएपछि जिल्ला अस्पताल उदयपुरमा पुु¥याईएसँगै घटनाको पर्दाफास भएको हो ।

बालिकाको शुक्रबार जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताएका छन । उनका अनुसार पक्राउ परेका बालकलाई बुधबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!