काठमाडौं, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ का दाई चन्द्र बहादुर चन्द ‘वीरजंग’ काठमाडौँबाट पक्राउ परेका छन् ।

पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज समेत रहेका चन्द्रबहादुर पक्राउ परेको उनको पार्टीले पुष्टि गरेको छ ।

Advertisement

पार्टी स्रोतका अनुसार छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाउँदै उनीहरुलाई देशका विभिन्न भागहरुबाट पक्राउ गरिरहेको छ ।

देशका विभिन्न भागमा राजनीतिक दल र उम्मेदवारहरुलाई लक्षित गरेर भएका बम विस्फोटमा नेकपाको हात रहेको प्रहरीको ठम्याई छ । तर, पार्टीले भने अझै सम्म यसको जिम्मेवारी लिएको छैन ।

यसअघि अनेरास्ववीय अध्यष नविना लामाका पिता माणिक लामा पनि आफ्नै निवासबाट पक्राउ परेका थिए । उनी पनि विप्लव नेतृत्वको पार्टीका आबद्ध छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!