पाँचथर, ८ मंसिर । पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टी(नेत्रविक्रम चन्द विप्लव) समूहका मेची व्यूरो इञ्चार्जसहित १५ जना कार्यकर्ता पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विप्लव समूहका सुमन भनिने सन्त कुमार लिम्वुलाई बिहिबार पक्राउ गरी म्याद थप गरेको बताइएको छ। यसैगरी पाँचथर हिलिहाङ ५ का रामचन्द्र माग्रान्ति र मिक्लाजोङका जितेन्द्र महरा पनि पक्राउ परेका छन्।

Advertisement

यस्तै केही दिन अगाडि नै पाँचथर प्रहरीले फिदिम नगरपालिका १४ की टिकादेवी राई, इलाम फाकफोकथुम १ का रुपनारायण अधिकारी, फालेलुङ ५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द ३ का विशाल राई र इच्छाबहादुर राई, संग्राम राई, गोरा भनिने एलिया नेम्वाङ, फाल्गुनन्द ५ कै जीतबहादुर चेम्जोङ, हिलिहाङ २ का डिल्लीराम कटुवाल, फिदिम २ का नारायण कार्की र याङवरकका शिशिर पोख्रेललाई विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ।

म्याद थप गरी अनुसन्धान प्रकृया सुरू प्रहरीले बताएको छ।

पक्राउ परेकी टिकादेवी राई र रुपनारायण अधिकारी र नारायण कार्की भने शिक्षक हुन्। उनीहरूलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँचथर प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!