धनकुटामा बम बिस्फोट (फोटो फिचरसहित)
धनकुटा, ८ मंसिर । धनकुटाको फङसुवा खोला स्थित सडकमा आज बिहान गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको छ । धनकुटा नगरपालिकाको वेलाहारावेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोला स्थित सडकमा बिहान करिव साँढे ७ बजे बम बिस्फोट भएको हो ।
सडकमा विच्छाएर राखिएको बालटिन बम बिस्फोट भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसा...

























