नेपालगञ्ज, ९ मंसिर । बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको हो ।

Advertisement

यहाँको बिपी चोकस्थित बिन्दवासिनी मेडिकल हल र बाँके डेन्टल क्लिनिकको कारोबार बन्द गरेको हो ।

अनुगमन टोलीले यहाँका अधिकांश औषधि पसल र क्लिनिकमा फारमेसिस्ट व्यवसायी नभई अन्य कर्मचारीले औषधि बेच्ने गरेको, औषधिको रेकर्ड नराखेको र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!