सल्यान, ८ मंसिर ।  शुक्रबार दिउँसो सल्यानमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। शारदा नगरपालिका ६ बरलामा ना २ ख ८०७७ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ।

Advertisement

रोल्पाको सुकाओडारबाट दाङको तुलसीपुर जाँदै गरेको बस ब्रेक फेल भएर सडकमा नै पल्टिएको थियो। दुर्घटनामा घाइते १७ जनाको श्रीगनरस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था सामान्य छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!