लागु औषधसहित एक युवक प्रकाउ

लागु औषधसहित एक युवक प्रकाउ

कपिलवस्तु । लागु औषधसहित प्रहरीले शुक्रबार कपिलवस्तुमा एक युवकलाई प्रकाउ गरेको छ । भारतीय बजारबाट खरिद गरी लुकाई छिपाई लागु औषध ल्याएको अवस्थामा यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट कपिलवस्तु नगरपालिका–९ का १७ वर्षीय सञ्जय खटिकलाई प्रहरीले प्रकाउ गरेको हो । खटिकको साथबाट ९७ ग्राम ३ सय मिली ग्राम खैरो हिरोइन फेला परेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए...
दश वर्षपछि सीमाबाट पक्राउ परे अभियुक्त अल्लाउदिन

दश वर्षपछि सीमाबाट पक्राउ परे अभियुक्त अल्लाउदिन

इनरुवा। सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या गरेर फरार रहेका तीन अभियुक्तमध्ये भारत, अररिया जिल्ला नवागञ्ज गाउँ पञ्चायत कोसकापुरका अल्लाउदिन मियाँलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। सीमामा लुकीछिपी  मियाँलाई २०...
७२ घन्टाका लागि सीमा नाका बन्द

७२ घन्टाका लागि सीमा नाका बन्द

रौतहट । प्रदेश नं. २ का ८ जिल्लामा असोज २ गते हुने निर्वाचनलाई ध्यान दिँदै सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवतजावत गर्नमा रोक लगाउँदै पूर्णरुपमा सीमा सिल गरेको छ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको स...
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छानबिन गरिरहेको छ । २० पुस २०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको ...
२०७४ भदौ ३१ गते शनिवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ भदौ ३१ गते शनिवारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

मेष– प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । वृष– परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । मिथुन– भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । कर्कट– आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघा...
२०७४ भदौ ३१ देखि असोज ६ गतेसम्मको साप्ताहिक राशिफल, तपाईको यो साता कस्तो छ ? हेर्नुहोस्

२०७४ भदौ ३१ देखि असोज ६ गतेसम्मको साप्ताहिक राशिफल, तपाईको यो साता कस्तो छ ? हेर्नुहोस्

मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ. शुखको अनुभब हुने साता छ । आत्मविस्वासमा दोब्बर वृद्धि होला । नयाँ कामका पनि योजनाहरु बनाउने साता छ । व्यवसायमा पर्याप्त लाभ हुने देखिन्छ । आर्थिक काम कारोबारमा आशा गरे अनुसारकै लाभ हुनेछ । प्रेममा पनि मिलन होला । मान्यजनहरुबाट सहयोग र आशिर्वाद मिल्ने छ । घाउ चोटपटकको सम्भावना रहेकाले सावधान रहनु होला । बृष राशि– इ. उ. ए. ओ. व. वि. वु. वे. वो. रमाइल...
भीमनारायण गोल्डकपको फाईनल खेल सर्यो, यस्तो छ कारण

भीमनारायण गोल्डकपको फाईनल खेल सर्यो, यस्तो छ कारण

धनकुटा, ३० भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेलको मिति परिवर्तन भएको छ । शुक्रवार साँझ बसेको प्रतियोगिता आयोजक समितिको बैठकले शनिवार हुँने भनिएको फाईनल खेलको मिति परिवर्तन गरेर फाईनल खेल आईतवार खेलाउँने निर्णय गरेको हो । शुक्रवारको सेमिफाईनल खेलमा साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानलाई पराजित गर्दै फाईनल प्रवेश गरेको विर्ता यून...
भीमनारायण गोल्डकप: साविक विजेता भुटानलाई हराउँदै झापा फाईनलमा (भिडियोसहित)

भीमनारायण गोल्डकप: साविक विजेता भुटानलाई हराउँदै झापा फाईनलमा (भिडियोसहित)

धनकुटा, ३० भदौ । साविक बिजेता फ्यान्स क्लव विआरसी भुटानलाई पराजित गर्दै झापाको विर्ता यूनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । शुक्रवार भएको दोस्रो सेमिफाईनलमा साविक बिजेता भुटानलाई ४–० गोलले हराउँदै झापा फाईनल पुगेको हो । खेल सुरुवातको २० औं मिनेटमा झापाका खमिर गिन्सन कन्दङ्वाले गोल गर्दै टिमको खाता खोले । ३४ औं मिने...
स्वाइनफ्लुबाट धुलिखेल अस्पतालमा एकको मृत्यु, सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन

स्वाइनफ्लुबाट धुलिखेल अस्पतालमा एकको मृत्यु, सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन

धुलिखेल।  स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा शुक्रबार एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पत...
थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । नेकपाका रोल्पा जिल्ला सेक्रेटेरी जागृतिले घर्तीको अपहरणको जिम्मा लिएका हुन् । यद्यपी उनले आफूहरुले अपहरण गरेको नभइ छलफलका लागि आफूहरुसँगै राखेको बताएका छन् । ‘छलफलको लागि बोलाएका हौं र समझदारीमै छलफलमा रहेका छौं,’ उनले भने । बिहीबार राति ससुराली घरमा सुतिरह...
जाजरकोटमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

जाजरकोटमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

जाजरकोट। जाजरकोट अस्पतालमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ ।  पूर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतले सो सेवाको शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । यो सेवा सुरु भएसँगै जाजरकोटमा सुत्केरी गराउन हजारौ खर्च गरेर जिल्लावाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टरद्धारा जाजरकोट अस्पतालमा अव २४ घण्टे शल्...
एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

  लहान । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “काँग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न सकिन्न । ” महासचिव पोखरेलले पहिलो र दोस्रो...
काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

काठमाडौं।  काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा महिलामाथि यौनजन्य दुव्र्यवहार धेरै हुने गरेको पाइएको छ । सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत साउन १८ गतेदेखि सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोक्न यो अभियान सुरु गरेको थिय...
मन्त्री बोहराद्वारा दशैँ मेलाको उद्घाटन

मन्त्री बोहराद्वारा दशैँ मेलाको उद्घाटन

भक्तपुर। विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले दशैँको अवसर पारेर भक्तपुरमा आजदेखि शुरु भएको दशैँ मेलाको उद्घाटन गर्नुभएको छ । उहाँले दशैँको अवसरमा विभिन्न ठाउँमा उपभोक्ता आकर्षित गर्नका लागि हुने मेलामा व्यापक उपभोक्ता ठगी हुने गरेको तर्फ सचेत रहन मेलामा आएका उपभोक्तालाई आग्रह गर्नुभयो । मेलामा म्याद सकिएका सामग्रीदेखि कमसल सामग्री र सस्तो सामानलाई बढी मूल्य लिएर बिक्री गर्ने गरेको पाइएकाले ...
शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

काठमाडौँ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो बैठकले ती प्राथमिकता तय गरेको हो । यही भदौ १९ गतेको मन्त्रिपरिषद्...
कर्मचारी समायोजन विधेयक मंगलबार पेश हुने

कर्मचारी समायोजन विधेयक मंगलबार पेश हुने

काठमाडौँ । सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने निर्णय गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी गराउनुभयो । उहाँले समायोजन ऐन नबन्दा कर्मचारी खटनपटनमा समस्या भएकाले चाँडै ल्याउन लागिएको बताउनुभयो । बैठकमा समिति सदस्य रामेश्वर फुयाँलले क...
सहारा एकेडेमीको अक्षयकोषमा एक करोड २० लाख संकलन

सहारा एकेडेमीको अक्षयकोषमा एक करोड २० लाख संकलन

पोखरा। सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ । अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो । सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन् । डेढ वर्षभित्रमा सो अक्षयकोषमा रु ।दुई करोड बढी पु¥याउने...
झापाका किसान कागतीखेतीतर्फ आकर्षित

झापाका किसान कागतीखेतीतर्फ आकर्षित

झापा। मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् । धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० देखि दुई हजार दानासम्म फल्छ । गौरादह नगरपालिका–१ का किसान खुमनाथ निरौला दुई बिगाहा धानखेत मासेर कागतीखेती शुरु गरेको बताउनुहुन्छ । राम्रोसँग हेरचाह गर्दा एउटा कागतीको बोटबाट ...
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

गौशाला । तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताउनुभयो । लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्र...
जापानमाथि उत्तरकोरियाको मिसाइल प्रहार

जापानमाथि उत्तरकोरियाको मिसाइल प्रहार

उत्तर कोरिया ।  संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको ४ दिन पछि उत्तर कोरियाले पुनः जापानी आकाशमा मिसाइल परीक्षण गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। जापानको हकाइदो टापुको आकाशमाथि मिसाइल परीक्षण गरिएको हो। उक्त मिसाइलले करिब ३७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। यस अघि ...
ओखलढुङ्गाका काफ्ले ५ दिनदेखि बेपत्ता, खोजी गरिदिन आग्रह

ओखलढुङ्गाका काफ्ले ५ दिनदेखि बेपत्ता, खोजी गरिदिन आग्रह

ओखलढुङ्गा।  ओखलढुङगा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का ५१ बर्षिय चन्दप्रसाद काफ्ले विगत ५ दिनदेखि बेपत्ता भएका छन् । गत भदौ २६ गते बिहानबाट वेपत्ता भएका काफ्ले ५ दिन बित्दा पनि सम्पर्कमा नआएपछि परिवारमा रुवावासी भएको छ । एक छोरा र श्रीमतिसँग बस्दै आएका काफ्लेको खोजबिन गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेका छन् । उनि बेपत्ता भएपछि इलाका प्रहरी कार्यलय बरुणेश्वरमा निवेदन दिएपनि प्रहरीले खोजी...
आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो : नेता केसी

आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो : नेता केसी

विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गर्नुभयो । संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमि...
वाल अधिकार (कविता)

वाल अधिकार (कविता)

आजका हामी वालवालिका हौ भोलीका कर्णधार । पढ्न लेख्न पाउनु पर्छ यो हो वाल अधिकार । शिक्षाले तय गर्दछ विकाशको बाटो निर्माण गर्दछ पुर्वाधार । वालक हामी स्कुल जान्छौ पढ्न र लेख्नलाई । भविष्य हामी निर्माण गर्छौ उज्यालो देख्नलाई । शिक्षा हो हाम्रो ज्ञानको ज्योति शिक्षा नै वालकको अमुल्य मोति । शिक्षित भए वालक हामी विकाशको वाटो खन्ने छौ । देशको लागी वोझ नभई उत्कृष्ट नागरिक वन्ने छौ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । बजारमा हिजो (विहीबार) मात्रै तीन सयले घटेको सुनको मूल्य आज फेरि तीन सय बढेर सोही ठाउँमा पुगेको छ । आज सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । विहीबार भने सुन ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर सात सय ८५ रुपैयाँ कायम भएको छ । विहीबार चाँदी सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा

सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा

चितवन। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताए । उपप्रधानमन्त्री महराले भने ‘निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन।’ आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उनले शान्तिपूर्ण ढंगबा...
फ्राइडे रिलिज : ‘लिला’ र ‘जोनी जेन्टलम्यान’ एकसाथ, कस्ले पाउँला दर्शक ?

फ्राइडे रिलिज : ‘लिला’ र ‘जोनी जेन्टलम्यान’ एकसाथ, कस्ले पाउँला दर्शक ?

काठमाडौँ । ‘लिला’ र ‘जोनी जेन्टलम्यान’ आजबाट प्रदर्शनमा आएका चलचित्र हुन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी चलचित्रले एक अर्काेसँग स्पर्धामा उत्रिएका हुन् । ‘लिला’ रमेश कोइरालाले निर्देशन गरेको चलचित्र हो, भने ‘जोनी जेन्टलम्यान’का निर्देशक नितिन चन्द रहेका छन् ।  सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइराल...
तेह्रथुमका बिधुत उपभोक्ताको पीडा: ८० रुपैयाँ महसुल तिर्न २ हजार खर्च

तेह्रथुमका बिधुत उपभोक्ताको पीडा: ८० रुपैयाँ महसुल तिर्न २ हजार खर्च

तेह्रथुम। तेह्रथुमको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्ताहरुलाई विद्युत महसुल बुझाउन सास्ति भएको छ । ८० रुपैयाँ विद्युत महसुल बुझाउन उपभोक्ताहरु २ हजार रुपैयाँ खर्च हुने गरेको उपभोक्ताहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रिय विद्युत लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत महसुल संकलन केन्द्र स्थापना नहुदाँ यहाँका उपभोक्ता मारमा परेक...
भीमनारायण गोल्डकपको फाईनलका लागि झापा र भुटान भिड्दै  

भीमनारायण गोल्डकपको फाईनलका लागि झापा र भुटान भिड्दै  

धनकुटा, ३० भदौ । धनकुटामा जारी १३ औं सहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज विर्ता यूनाईटेड झापा र साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानवीच खेल हुँने भएको छ । स्थानीय टुडिखेलमा अपरान्ह हुँने खेलमा फाईनल प्रवेशका लागि झापा र भुटान आम्नेसाम्ने हुन लागेका हुन । क्वाटर फाईनलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत ४–१ गोलले पराजित गर्दै विर्ता यु...
धनकुटाका अग्रज पत्रकार राईको उपचारका लागि झापामा सहयोग संकलन

धनकुटाका अग्रज पत्रकार राईको उपचारका लागि झापामा सहयोग संकलन

दमक। दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सहयोग समिति गठन गरी सहयोग रकम संकलन गर्न थालिएको छ । सो समितिको सदस्यमा कमन देवान, गिरीराज भट्टराई, टीकाराम उप्रेती र दिलकुमार लावत...
के उत्तर कोरियाली नेता किम जोंगको हत्याको षड्यन्त्र रचिँदै छ ?

के उत्तर कोरियाली नेता किम जोंगको हत्याको षड्यन्त्र रचिँदै छ ?

उत्तर कोरियाले गत सेप्टेम्बर ३ तारिखमा गरेको परमाणु परिक्षणपश्चात् सार्वजनिक भएको रिपोर्ट अनुसार दक्षिण कोरियाले किम जोंग उनको हत्याका लागि विशेष दलको स्थापनामा हरियो झण्डा देखाएको छ । यदि यो कुरा साँचो हो भने यो कदम दक्षिण कोरियाली राष्ट्रपति मून जे इनको विदेश नीतिमा आएको महत्वपूर्ण मोड भन्ने बुझ्न सकिन्छ । उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा सफल परमाणु परिक्षण गरेको दाबी गर्यो । यो उत्तर क...
सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

काठमाडौँ ।महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७०० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुनसक्ने देखिएकाले बिहीबार नष्ट गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले राससलाई जानकारी दिनुभयो । निकुञ्जसँग जोडिएक...
error: Content is protected !!