पाँचथरमा पुरुष कर्मचारी र सुरक्षाकर्मीविनै महिलाले गराए मतदान !
पाँचथर, १० मंसिर । जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिलामात्रै छन् ।
त्यहाँ पुरुष कर्मचारी र पुरुष सुरक्षाकर्मीविनै शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । मतदाताहरु भने महिला र पुरुष दुबै छन् ।
पाँचथरको यस केन्द्रलाई नमूना मतदान केन्द्र मानिएको छ । प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेक...

























