
कपिलवस्तु, ८ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका ८ विसुनपुरमा ट्याक्टरको ठक्करवाट ८ वर्षीय वालकको मृत्यु भएको छ ।
धर्मनगरदेखि विसुनपुर जाँदै गरेको लु ३ त २७४० नम्बरको ट्याक्टरले शिवराज नगरपालिका ६ मजिगवा बस्ने राजाराम तेलीका छोरा असरफी तेलीलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
मृतक तेली साइकलको पछाडी वसेका थिए । साइकल चालक उनका दाजु सामान्य घाइते भएका छन ।
ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने फ्रहार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिएका छन् ।















