राइजिङ क्रिकेट बुमन काठमाडौँलाई महिला क्रिकेटको उपाधि

राइजिङ क्रिकेट बुमन काठमाडौँलाई महिला क्रिकेटको उपाधि

धनगढी। कैलालीको अत्तरियामा भएको ‘रुस्लान अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता‘को उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली एपिएफलाई १७ रनले पराजित गर्दै राइजिङले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद रु दुई लाख र ट्रफी हात पारेको छ भने उपविजेता विभागीय टोली एपिएफले पनि रु एक लाख प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको राइजिङले निर्धार...
उदयपुरमा चट्याङ लागेर तीनको मृत्यु

उदयपुरमा चट्याङ लागेर तीनको मृत्यु

गाईघाट (उदयपुर) । उदयपुरको विभिन्न स्थानमा आज परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–५ जाँतेकी १२ वर्षीया तुलसा विक, कटारी नगरपालिका–११ हर्देनीका ४५ वर्षीय भेषबहादुर खत्री र सोही ठाउँका ५५ वर्षीय बलबहादुर बस्नेतको चट्याङ लागेर मृत्यु भएको हो । तीनै जनाको आ–आफ्नै घरमा बसिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी ...
कन्टेनर दुर्घटना हुँदा सात घाइते

कन्टेनर दुर्घटना हुँदा सात घाइते

नुवाकोट । रसुवाबाट काठमाडौँ जाँदै गरेको कन्टेनर आज साँझ नुवाकोटको गेर्खुटारमा दुर्घटनाग्रस्त भएको छ । केरुङबाट तयारी पोसाक बोकेर काठमाडौँ जाँदै गरेको ना ६ ख ३३२८ नं को उक्त कन्टेनर दुर्घटना हुँदा सातजना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका कन्टेनर चालक नुवाकोट ककनी गाउँपालिका–६ जुरेथुमका बालकृष्ण लामा र बझाङका सिंहलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक जितेन्द्र बस्ने...
भोजपुरमा आगलागीबाट ९ लाख वरावरको क्षति

भोजपुरमा आगलागीबाट ९ लाख वरावरको क्षति

भोजपुर । भोजपुरको ट्याम्केमैयुङ्ग गाउपालिका-३ अन्नपुर्णको एक घरमा मंगलवार आगलागी भएको छ । आगलागीबाट लाल काजी वस्नेतको घर पसल जल्दा ८ लाख ८७ हजार ३ सय वरावरको क्षति भएको प्रहरीले जनाएको छ । पसलमा रहेको ल्यापटप, डिस होम, खाद्यन्न लता कपडा र घरमा रहेको सम्पुर्ण सामाग्री जल्दा सो वरावरको क्षति भएको हो । घरमा कोही नभएको वेला चुल्होबाट आगो सल्किएको प्रहरी भनाई छ ।
अनैतिक क्रियाकलापमा संलग्न जोडी पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न जोडी पक्राउ

झापा । अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले झापाका विभिन्न होटलबाट १३ जनालाई पक्राउ गरेको छ । स्थानीयको व्यापक जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशबकुमार थेबेका अनुसार बिर्तामोडको मेचीकोशी टप होटल एण्ड लजबाट सञ्चालकसहित दुई जोडी, ३६५ क्याफेबाट सञ्चालकसहित २ महिला र ५ भारतीय पुरुष र शनिअर्जुन-११ मा रहेको निषा होटल एण्ड लजबाट एक ज...
‘गुण्डा नाइके’ चक्रे मिलन पक्राउ

‘गुण्डा नाइके’ चक्रे मिलन पक्राउ

काठमाडौँ । प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई आज महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एव्म प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । उहाँले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताउनुभयो । यही वैशाख ३१ गतेका लाग...
धनकुटामा चट्याङले आठ जना घाइते

धनकुटामा चट्याङले आठ जना घाइते

धनकुटा । धनकुटाका बिभिन्न स्थानमा आज बर्षा र हावाहुरीसँगै परेको चट्याङले आठ जना घाइते भएका छन् । चट्याङका कारण खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकामा र चौबिसे गाउँपालिकामा चार/चार जना घाईते भएका हुन । चट्याङ लागेर खाल्सा छिन्ताङ सहिदभूमी गाउ‘पालिका–७ का २६ बर्षीय डगेन्द्र राई, २५ बर्षीया मन्दिरा राई र २ बर्षीय अभिषेक राई गम्भीर घाइते भएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभय...
महोत्तरीमा भीषण वर्षाले सवै सडक अवरुद्ध

महोत्तरीमा भीषण वर्षाले सवै सडक अवरुद्ध

गौशाला । आज बिहानैदेखि अविरल रुपमा परेको भीषण वर्षाले महोत्तरीको मुख्य जलेश्वर– जनकपुर बाटोसहित जिल्लाका प्रायः सबै बाटो अवरुद्ध भएको छ । बिहान ४ बजेदेखि नै परेको वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा खाल्डाखुल्डी भएकाले तिनमा पानी जमेर ...
नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्ता पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्ता पक्राउ

चितवन । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले ...
‘जातीयता हेरेर हैन, सक्षम ब्यक्ति छानेर मतदान गछौं’ (भिडियोसहित)

‘जातीयता हेरेर हैन, सक्षम ब्यक्ति छानेर मतदान गछौं’ (भिडियोसहित)

धनकुटा । धनकुटामा बसोवास गर्दै आएका अल्पसंख्यक आठपहरिया जातिका अगुवाहरुले आसन्न स्थानीय तह निर्वाचनमा जाति हेरेर नभई ब्यक्ति छानेर मतदान गर्ने बताएका छन । नेपाल लोकतान्त्रिक किरात आठपहरिया संघ धनकुटाले सोमवार आयोजना गरेको बृहत आठपहरिया भेलामा सहभागिहरुले यस्तो बताएका हुन । कार्यक्रममा आठपहरिया समाजका केन्द्रिय महासचिव सुर्य आठपहरियाले धनकुटा नगरमा कतिपय पाटीले आठपहरिया जातिबाट उम्मेद्वार उठाएर ...
२०७४ बैशाख २६ गते मंगलवारको राशिफल

२०७४ बैशाख २६ गते मंगलवारको राशिफल

मेष– कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । वृष– वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला, नसोचेको ठाृउमा धनको नाश हुने दिन छ । मिथुन– मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् । कर्कट– नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर ...
परीक्षाफल प्रकाशन

परीक्षाफल प्रकाशन

काठमाडौँ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक) को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com लग इन गरी हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्...
मोटरसाईकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

मोटरसाईकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो ।
करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु

बागलुङ । बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ । कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्किइ करेन्ट...
२०७४ बैशाख २५ गते सोमवारको राशिफल

२०७४ बैशाख २५ गते सोमवारको राशिफल

मेष– कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ । वृष– पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । मिथुन– सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । कर्कट– नयाँ काममा हात हाल्ने समय छ साथै धार्मिक र सामाजिक काममा समय बित्नेछ । सिंह– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको...
काठमाडौंमा कार दुर्घटना हुँदा धनकुटाका निरौलाको मृत्यु

काठमाडौंमा कार दुर्घटना हुँदा धनकुटाका निरौलाको मृत्यु

काठमाडौं । काठमाडौंको बिजुली बजारमा गएराति कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाईते भएका छन । मृतक निरौला धनकुटाको चौबिसे गाउँपालिका–४ स्थायी घर भई हाल काठमाण्डौ बस्दै आएका थिए । तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित ए...
खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

भक्तपुर। मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ । आज बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत सुवेदीलाई उनकै भतिज नाता पर्ने कौशलटार घर भएका १९ वर्षीय पारस कोइरालाले कोठामै गई खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले...
उदयपुरमा पुस्तक नपाउँदा पठनपाठन प्रभावित

उदयपुरमा पुस्तक नपाउँदा पठनपाठन प्रभावित

गाईघाट (उदयपुर) । नयाँ शैक्षिकसत्र सुरु भएको महिना बित्न लाग्दा पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले अहिलेसम्म पनि पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा उनीहरुको पठनपाठन प्रभावित भएको छ । जिल्लामा रहेका झन्डै ४५० सरकारी विद्यालयमध्ये निम्ममाध्यमिक तहका विद्यार्थीले एक दुई विषयबाहेक अन्य पुस्तक अहिले पनि प्राप्त गर्न नसकेको सम्बन्धित विद्यालयका विद्यार्थीहरु बताउँछन् । यस्तै माध्यमिक तह...
लुक्लामा हेलिकोप्टर ‘फोर्स ल्याण्डिङ’, जहाजमा क्षति

लुक्लामा हेलिकोप्टर ‘फोर्स ल्याण्डिङ’, जहाजमा क्षति

काठमाडौं । लुक्लामा हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा  ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर फोर्स ल्याण्डिङ गरिएको हो ।  क्याप्टेन निश्चित केसीका अनुसार फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति भएको छ । कुनै मानवीय क्षति भने भएको छैन । ‘तेल बुममा क्र्याक आएको छ, अब मर्मत नगरी उडाउन मिल्दैन,’ केसीले भने । यो हेलिकोप्टर स्वीस पाइलट ग्रेगर विय...
पाँचथरमा चट्याङ लागेर पाँचजना घाइते

पाँचथरमा चट्याङ लागेर पाँचजना घाइते

पाँचथर । पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने ३० वर्षीय मनकुमार केरुङ घाइते भएको प्रहरीले जनाएको छ । झड्का लाग्नास...
काँग्रेसका दुई गाडीमा अज्ञात समुहद्धारा आगजनी

काँग्रेसका दुई गाडीमा अज्ञात समुहद्धारा आगजनी

मलेखु (धादिङ) । नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् । धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो । बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व हुनुहुन्थ्यो । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल हुनुभएको थियो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देख...
भक्तपुरमा भीषण आगालगी, ५ घर जलेर नष्ट, आगो अझै नियन्त्रण भएन

भक्तपुरमा भीषण आगालगी, ५ घर जलेर नष्ट, आगो अझै नियन्त्रण भएन

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको उहाँले जानका...
२०७४ बैशाख २४ गते आईतवारको राशिफल

२०७४ बैशाख २४ गते आईतवारको राशिफल

मेष– धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसंग झै झगडा हुन सक्छन । वृष– प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । मिथुन– नसोचेका समस्या देखिन सक्छन्् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्र...
मनिलामा विस्फोट हुँदा दुईको मृत्यु, चार घाइते

मनिलामा विस्फोट हुँदा दुईको मृत्यु, चार घाइते

मनिला (फिलिपिन्स) । फिलिपिन्सको राजधानी मनिलामा भएका दुई विस्फोटमा परी कम्तीमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार मनिलाको क्वियाप्पो क्षेत्रमा स्थानीय समयअनुसार साँझ ५ बजेर ५० मिनेट जाँदा पहिलो विस्फोट भएको थियो भने सोही ठाउँमा ८ बजेर ३० मिनेट जाँदा अर्को विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ । दुवै घटनामा चारजना अन्य घाइते भएका छन् । प्रहरीले विस्फोटक पदार्थको प्रकृतिबारे अनु...
तान्जानियामा स्कुल बस दुर्घटना, २९ बिद्यार्थीसहित ३२ जनाको मृत्यु

तान्जानियामा स्कुल बस दुर्घटना, २९ बिद्यार्थीसहित ३२ जनाको मृत्यु

नैरोवी (केन्या) । तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ भने घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन् । “हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ” –लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताउनुभयो । मृतकमध्ये १२ जना बालक र ...
संघीय गठवन्धनबाट कारबाही गरेर अध्यक्ष यादवलाई हटाईयो, कारण यस्तो छ

संघीय गठवन्धनबाट कारबाही गरेर अध्यक्ष यादवलाई हटाईयो, कारण यस्तो छ

काठमाडौं । संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ । संघीय फोरम स्थानीय चुनावमा गए...
स्थानीय चुनावमा ३१६ जना निर्विरोध, एमालेको अग्रता

स्थानीय चुनावमा ३१६ जना निर्विरोध, एमालेको अग्रता

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । र, यसमा नेकपा एमालेले अरू दलभन्दा अगाडि देखिएको छ । प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा हुने चुनावका लागि बैशाख १९ गते उम्मेदवारी दर्ता थियो भने उम्मेदवारी फिर्ताको प्रकृया पुरा गरेर चुनाव चिह्न समेत प्रदान गरिएको छ । निर्वाचन आयोगका अनुसार केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवार...
आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी पनि निर्वाचनमा भाग लिने

आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी पनि निर्वाचनमा भाग लिने

दमक । पूर्वमा आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ । पार्टीले लिम्बुवान प्राप्तिका लागि निर्वाचनलाई आन्दोलनका रुपमा उपयोग गर्ने जनाएको छ । आज झापाको दमकमा पार्टीले पत्रकार सम्मेलन गरी निर्वाचनमा एकल वा मुद्दा मिल्ने अन्य दलसँग तालमेल गरी चुनाव लड्ने बताएको हो । पार्टी केन्द्रीय कार्यसमितिको दमकमा आज सम्पन्न बैठकका निर्णय सार्वजनिक गर्दै ...
माओवादी केन्द्रका कार्यकर्ताद्धारा नयाँ शक्तिका कार्यकर्तामाथी आक्रमण, जीप र मोटरसाइकल तोडफोड

माओवादी केन्द्रका कार्यकर्ताद्धारा नयाँ शक्तिका कार्यकर्तामाथी आक्रमण, जीप र मोटरसाइकल तोडफोड

गोरखा । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा माओबादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा आज साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरुको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । माओवादी कार्य...
काँग्रेस-माओवादी केन्द्रका कार्यकर्ताबीच तीन ठाउँमा झडप, चौध घाइते

काँग्रेस-माओवादी केन्द्रका कार्यकर्ताबीच तीन ठाउँमा झडप, चौध घाइते

रुकुम । शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । मुसिकोट नगरपालिका–२ र चौरजहारी नगरपालिका– १२ र १४ मा छुट्टाछुट्टै झडप भएको प्रहरीको भनाइ छ । दुवै स्था...
error: Content is protected !!