झापा(दमक), १२ मंसिर । मंगलबार बिहान झापाको शिवसताक्षी नगरपालिकाको छुट्टाछुट्टै स्थानमा २ वटा शव भेटिएका छन्। शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको सिमानामा पर्ने कमल खोलाको पुलमुनि एक वृद्धको शव फेलापरेको हो।
मृतक कन्काई नगरपलिका-३ की मीना तिवारीको ७२ वर्षीय बुबा खड्गबहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
त्यस्तै, झापाको शिवसताक्षी-१० सैनिक चोकस्थित राजमार्ग दक्षिणमा पनि बेवारिसे अवस्थामा शव भेटिएको छ। नाम वतन नखुलेको अन्दाजी ५५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको हो।