मुटुलाई स्वस्थ राख्ने देखी छाला सुन्दर बनाउने सम्म : कागतीको बोक्राको फाइदा
काठमाडौँ । कागतीको रसले स्वास्थ्यमा गर्ने फाइदा त सबैलाई थाहा भएको कुरा हो । तर धेरैलाई थाहा नहुन सक्छ कागतीको बोक्रा पनि गुणको खानी हो भनेर । कागतीको रस निचोरेपछि हामी त्यसको बोक्रालाई काम लाग्दैन भन्दै डस्टबिनमा हाल्ने गर्दछौँ तर त्यही बोक्राले नै स्वास्थ्यमा अचुक फाइदा पुर्याउछ ।
हड्डी बलियो बनाउँछ
कागतीको बोक्राले हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुन्छ, जस...































