कैलाली, ३० फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बन्दकर्ताले बसमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।

Advertisement

गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका लागि हिडेका बसहरुलाई रोक्दै गरेका ३ जना बन्दकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिप्लब नेतृत्वको नेकपाले बन्दको अबज्ञा गरेको भन्दै घोडाघोडीमा ट्रकमा तोडफोड गरेको छ । पुर्व-पश्चिम राजमार्ग अन्तरगर्त कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानिमा बिप्लबका कार्यकर्ताहरुले ट्रकमाथि तोडफोड गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!