
मोरङ, ३० फागुन । कानुनी रुपमा जातिय छुवाछुत अन्त्य गरिएपनि व्यवहारिक रुपमा कायमै रहेको अवस्थामा समाजसेवी डा.सुनिल शर्माले छुवाछुत हटाउँने उद्धेश्यले दलित समुदायसँग सामुहिक बनभोज गराएका छन् । गाउँ घरमा अझै पनि हट्न नसकेको छुवाछुत प्रथालाई न्यूनिकरण गराउँन नोबेल अस्पताल सञ्चालक डा.शर्माले बेतना सिमसारमा सामुहिक बनभोज कार्यक्रम गराएका हुन् ।
डा.शर्माको पहल तथा आर्थिक सहयोगमा नेपाल दलित संघले बनभोज आयोजना गरेको हो । बनभोजमा मोरङको ३ नम्बर क्षेत्रका २६ वटै वडामा बसोबास गर्ने करिव ७ हजार ३ सय दलित समुदायका व्यक्तिहरु सहभागी भएको नेपाल दलित संघका क्षेत्रीय अध्यक्ष मिना सेन्चुरीले जानकारी दिईन् ।
दलित समुदायसँगै पार्टीका नेता तथा समाजसेवी व्यक्तिहरु पनि सहभागि भएर सामुहिक भोजन गरेका थिए । सो क्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बु, महासमिति सदस्य बसन्त भट्टराई, प्रदेश सांसद शेखरचन्द्र थापा, नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा लगायतले जातिय छुवाछुत हटाउँन सामुहिक बनभोजले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
भिडियो















