काठमाडौँ, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement

महानगरीय प्रहरी परिसर जावलाखेलमा कार्यरत घिमिरेले माध्यामिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी लाभ लिनु भ्रष्टाचार निवारण ऐनविपरीत भएको अख्तियारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!