इलाम ३० फागुन । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो ।

Advertisement

आज दिउँसो १ बजेबाट शुरु भएको आगलागीमा चक्र मुखिया र उहाँका भाइ कमल मुखियाको घर पूर्णरुपमा ध्वस्त भएको छ भने उहाँसँगै जोडिएको निमादोर्जे शेर्पाको घरमासमेत आगलागी भएको स्थानीयवासी दिनेश सुवेदीले जानकारी दिनुभयो । नजिकै रहेको वनमा पनि आगलागी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । स्थानीयवासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

सूचना प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि इलाम नगरपालिकाले त्यसतर्फ दमकल पठाइएको नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो । इलामका सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेनालाई घटनास्थलतर्फ पठाइएको पनि उहाँले बताउनुभयो । चक्र मुखियाको भान्छाघरबाट आगलागी शुरु भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!