धनकुटा, ३० फागुन । धनकुटाको राजारानीमा प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवानका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउँँने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबारदेखि सुरु भएको किरात याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन पुगेका मन्त्री आङ्वोलाई ‘लिम्बुवान विरोधी’ भन्दै उनीहरुले कालो झण्डा देखाएका थिए । सोहि क्रममा लिम्बुवानका इक्साहाङ चेम्जोङ, संगम सुहाङ, आदाङ्बे सम्बाहाम्फे, याक्थुङबा विशाल साँवा, सजन याक्खा, राम कुमार तामाङ, मनिस भुजेल, मिराक लिङ्देन, मिहाङको लिम्बू, आभाश लिम्बू र बुद्व वनेम लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई २ घण्टा नियन्त्रणमाा राखेर छोडिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।