काठमाडौं । लामो खडेरी, उच्च वेगको हावाहुरीलगायतका कारण दिनहुँ सयौंको संख्यामा डढेलो लागिरहेको छ । बुधबार मुलुकभरका २ सय १३ स्थानमा डढेलो लागेको थियो ।

Advertisement

नेपालमा सामान्यतया फागुनदेखि जेठसम्म डढेलो लाग्ने गर्छ । यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको बुधबार नै भएको वन डढेलो व्यवस्थापन च्याप्टरले जनाएको छ । नासाको स्याटलाइटले दिएको तथ्यांकअनुसार बुधबार यति धेरै स्थानमा डढेलो लागेको तथ्यांक सार्वजनिक भएको हो । चुरे, तराई तथा मध्यपहाडी जिल्लासँगै मुलुकको पूर्वी क्षेत्रमा बुधबार डढेलो लागेको पाइएको हो । धेरै जिल्लाका वनमा लागिरहेको डढेलो रोकिन सकेको छैन, रोक्न उचित पहल हुन पनि सकेको छैन ।

बुधबारको तथ्यांक हेर्ने हो भने अर्घखाँचीका दुई, बाराका ५, बर्दियाका ४, भोजपुरका १३, चितवनका १७ र दाङको एक स्थानमा डढेलो लागेको थियो । यस्तै, धादिङका ५, धनकुटाका ७, धनुषाका ९ र दोलखाका ८ स्थानमा डढेलो लागेको थियो ।

गोरखाका ४, हुम्ला, इलाम, जाजरकोट, झापा, कपिलवस्तु र काठमाडौंको एक–एक स्थानमा वन डढेलो लागेको थियो । बुधबार नै काभ्रेका ४, खोटाङका ५, ललितपुरका ३, लम्जुङका ८, महोत्तरीका ३, मकवानपुरका ७ र मोरङका ३ स्थानमा ढडेलो लागेको थियो ।

यस्तै, बुधबारै म्याग्दीको एक, नवलपरासीका २, नुवाकोटका २, ओखलढुंगाका ५, पाँचथरको एक र पर्साको ७ स्थानमा वन डढेलो लागेको थियो । बुधबारै रामेछापको एक, रसुवाको एक, रौतहटका २, संखुवासभाको एक, सप्तरीका २५, सर्लाहीका ६, सिन्धुलीका ८, सिन्धुपाल्चोकका ९, सोलुखुम्बुका ४, सुनसरीका ३, स्याङ्जाका ३, तनहुँका ३, ताप्लेजुङका ७, तेह्रथुमका ४ र उदयपुरका ४ स्थानमा वन डढेलो लागेको पाइएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!