वीरगञ्ज, ३० फागुन । केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ ।प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको छ भन्नुभयो ।

Advertisement

उक्त कानूनलाई कार्यान्वयनमा ल्याउन प्रहरी र सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको जानकारी दिँदै उहाँले यस्ता घटनाको अनुसन्धान चाँडो गर्न र कसुरदारलाई कानून बमोजिम सजाय दिन छलफल भई रहेको बताउनुभयो । विगत छ महीनामा १३६ चेलीबेटी बलात्कारको सिकार भएपछि प्रदेश सरकारले यसतर्फ चासो बढाएको हो । प्रदेश प्रहरीका अनुसार १० वर्षदेखि १६ वर्षसम्मका बालिका बलात्कारको सिकार भएका थिए ।

सो अवधिमा ६८ बलात्कारको प्रयाससम्बन्धी घटनामा ७६ जनामाथि कारबाही चलाइएको प्रहरीले जनाएको छ । उक्त कानूनको प्रभावकारी कार्यान्वयन नहुनाले अपराधीको मनोबल बढ्दै गएको र कतिपय घटना गाउँघरमै मिलाउने गरेको पाइएको छ । जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार अहिले पनि आरोपीमध्ये ८० प्रतिशत फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!