उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) - नेपाली पात्रो

वि.सं. २०७५ साल फागुन ३० गते। बिहीबार। इश्वी सन् २०१९ मार्च १४ तारिख।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले अलि सताउनेछन्।

Advertisement

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। सोखले स्रोत–साधन जुटाए पनि खर्चको मात्रा अलि बढ्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्यवसायमा लगानी बढाउने समय छ। परिस्थितिले आकस्मिक खर्च गराए पनि सरसापट वा कर्जा लिएर धन जुटाउन सकिनेछ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पारिवारिक जमघटले मन आनन्दित हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ। आयस्रोत सबल देखिए पनि उठ्नुपर्ने रकम तत्कालै हातलागी भने नहुन सक्छ। दिउँसोदेखि लगानीको अवसर प्राप्त हुनेछ भने पछिका लागि सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। कर्जाको धन भने मनग्गे प्राप्त हुनेछ। नियमित काम सम्पादन हुनेछन् र यात्राको अवसर पनि प्राप्त हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन् भने जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। तापनि, मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सोखले खर्च निम्त्याए पनि पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मतले काम लिँदा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। मिहिनेतले विशेष उपहार वा पुरस्कार दिलाउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। साथीभाइसँग अलि सन्तुलित व्यवहार गर्नुपर्ला।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!