काठमाडौँ । कागतीको रसले स्वास्थ्यमा गर्ने फाइदा त सबैलाई थाहा भएको कुरा हो । तर धेरैलाई थाहा नहुन सक्छ कागतीको बोक्रा पनि गुणको खानी हो भनेर । कागतीको रस निचोरेपछि हामी त्यसको बोक्रालाई काम लाग्दैन भन्दै डस्टबिनमा हाल्ने गर्दछौँ तर त्यही बोक्राले नै स्वास्थ्यमा अचुक फाइदा पुर्याउछ ।

हड्डी बलियो बनाउँछ

कागतीको बोक्राले हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुन्छ, जसले हड्डीलाई स्वस्थ राख्नमा मद्दत गर्दछ । यसका साथै हड्डीजस्तो जोडिएको रोग जस्तै ओस्टियोपोरोसिस, रहेयुमेटयड अर्थराइटिस र इन्फ्लेमेटरी पोलीअर्थराइटिसबाट पनि बचाउन सहयोग गर्दछ ।

अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्छ

अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्नका लागि कागतीको बोक्राले निकै सहयोग गर्ने गर्दछ । यसमा उच्च मात्रामा फ्लेवानायड हुने भएका कारण अक्सिडेटिभ स्ट्रेसबाट शरिरलाई टाढा राख्ने गर्दछ ।

शरीरमा भएका विषालु पदार्थ हटाउँछ

हाम्रो शरिरमा थुप्रै विषालु पदार्थ अर्थात टक्सिन हुने गर्दछ । यस्तो पदार्थले हाम्रो शरिरलाई भित्रैदेखि कमजोर बनाउनुका साथै हाम्रो शरिरभित्र अल्कोहल र अन्य थुप्रै हानिकारक खाद्य पदार्थलाई नष्ट गर्ने गर्दछ कागतीको बोक्रा आफ्नो अमिलो स्वाद र स्वभावका कारण यस्तो विषालु पदार्थलाई टाढा राख्न मद्दत गर्दछ ।

क्यान्सरसँग बचाउन मद्दत गर्छ

यो विषयमा धेरै थोरै मानिसहरुलाई जानकारी छ तर कागतीको बोक्राले क्यान्सरबाट बचाउन र यसको उपचारमा निकै मद्दत गर्दछ । यसमा पाइने तत्वले क्यान्सरको कोशिकासँग लड्न सहयोग पुर्याउँछ ।

कोलेस्ट्रोलमा कमी ल्याउछ

कोलेस्ट्रोलको मात्रालाई घटाउन सहयोग पुर्याउँछ । शरिरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुँदा यसले मुटुलाई स्वस्थ हुनबाट रोक्छ । कागतीको बोक्रामा पाइने पोलिफिनलले कोलेस्ट्रोललाई कम गरेर तपाईंको शरिरलाई स्वस्थ रहन मद्दत गर्दछ ।

मुटुलाई स्वस्थ राख्छ

कागतीको बोक्रामा पाइने पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्दछ । सहि रक्तचापले हाम्रो मुटुलाई पनि स्वस्थ राख्दछ । यसका साथै कागतीको बोक्राले हाम्रो मुटुलाई धड्कनलाई सहि मात्रामा राख्ने गर्दछ भने मधुमेहबाट पनि टाढा राख्दछ ।

तौल घटाउँछ
कागतीको बोक्राले तौल घटाउनमा पनि मद्दत गर्दछ । यसमा पेक्टिन नामको तत्व पाइने गर्दछ जसले शरिरमा जमेको अनावश्यक बोसोलाई घटाउने काम गर्दछ । यदि तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने कागतीको बोक्राको अवश्य सेवन गर्नुहोस् ।

छाला सुन्दर

एक्ने, पिग्मेन्टेसन र गहिरो निशानाबाट बाट बच्नका लागि कागतीको बोक्रा लाभदायक हुने गर्दछ । यसका पाइने फ्री–रेडिकल्सले यो प्रक्रियामा निकै महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसमा पाइने एन्टि अक्सिडेन्ट्सले छालालाई डिटक्सिफाई गर्ने गर्दछ जसले तपाईंको छाला स्वस्थ र चम्किलो हुने गर्दछ ।

(एजेन्सीको सहयोगमा )

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!